Logo

पूर्वमन्त्री गोकर्ण विष्ट एवं इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टलाई मातृशोक



Spread the love

२८ पुस, गुल्मी । पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्वर दुईका प्रतिनिधि सभा सदस्य गोकर्ण विष्ट एवं इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टलाई मातृशोक परेको छ ।

उनीहरुकी माता चिन्तकला विष्टको मगंलबार दिउँसो २ बजे ९२ वर्षको उमेरमा निधन भएको हो ।

केही दिन अघि स्वास्थ्यमा सामान्य समस्या देखा परे पनि पछिल्लो समय ठिक हुदै गएको र आज अचानक दुःखद् घटना घटेको इस्मा गाउँपालिका अध्यक्ष तथा उनका छोरा लक्ष्मण विष्टले बताए ।

भोली बुधबारसम्म पूर्वमन्त्री गोकर्ण विष्ट आउने र आफ्नै आर्यघाट छल्दीखोलामा अन्त्येष्टी गरिने विष्ट परिवारले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्