Logo

आइफोन अनलक गर्नसक्ने चश्मा !



Spread the love

२९ पुस, एजेन्सी । एप्पलले सार्वजनिक गर्ने तयारी गरिरहेको ‘एप्पल ग्लास’मा चमत्कारिक फिचर राख्न थालिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार एप्पलले अब लन्च गर्ने ग्लासमा आइफोन अनलक गर्नेसम्मको फिचर राख्न लागिएको छ ।

एप्पलले चश्मा लगाएका बेला एप्पलका अन्य प्रोडक्टहरू अनलक गर्नसक्ने खालको प्रविधिका बारेका रिसर्च गरिरहेको छ । एप्पलको ल्यापटप म्याकमा एप्पल वाच लगाएको बेला स्वतः अनलक हुने प्रविधि चश्मामा पनि खोजिरहेको छ ।

२०१८ मा नै यो प्रोजेक्टको सुरूवात गरिएता पनि २०२१ सम्ममा यो प्रोजेक्ट सफल बनाउने तयारीमा एप्पल जुटेको छ ।

एप्पलले चश्मामा प्रयोग गर्न खोजेको प्रविधिलाई ‘अथेन्टिकेटेड डिभाइस एसिस्टेड युजर अथेन्टिकेसन’ नाम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्