Logo

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनल खेल्न नेपाली टोली युएई जाँदै



Spread the love

२९ पुस, काठमाडाैँ । लोकप्रीय मोबाइल गेम पब्जी मोबाइलको ग्लोबल च्याम्पियन्सिपको फाइनल खेल्न नेपाली टिम युएई जाँदैछ ।

पब्जी मोबाइल ग्लोबल च्याम्पिन्सिपको फाइनलमा पुगेको नेपाली टोली एबरप्ट स्लायर्स बुधबार राती युएई जान लागेको हो ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनलमा नेपाली टिम एएसएल सहित जम्मा १६ वटा टोली रहेका छन् । ती १६ वटा टिमले जम्मा २ मिलियन डलर अर्थात् करीब २३ करोड नेपाली रूपैयाँ लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजनको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा दक्षिण एसिया छनाैट अन्तर्गत नेपालबाट २ वटा टोली छनाैट भएका थिए । तर, अर्को नेपाली टोली डिआरएस गेमिङ फाइनलमा पुग्न नसक्दा फाइनल एएसएलले मात्रै खेल्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्