Logo

कोदालाको बिंडले हानेर हत्या गर्ने रामकृष्ण पक्राउ



Spread the love

२९ पुस, काठमाडाैँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–४ थानकोटका ५२ वर्षीय होमबहादुर सुदारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोटको टोलीले होमबहादुरको हत्यामा संलग्न चन्द्रागिरि–२ का २३ वर्षीय रामकृष्ण तामाङलाई मङ्गलबार राति पक्राउ गरेको हो ।

चन्द्रागिरि–४ मा रहेको घुमाउनेस्थित टहराको आँगनमा होमबहादुर अचेत अवस्थामा भेटिएपछि उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको थियो । घटनापछि होमबहादुर अचेत अवस्थामा रहेपछि रामकृष्णले नै प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका रामकृष्णले लेनदेनका विषयमा विवाद हुँदा कोदालोको बिंड प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्