Logo

एक पटक कोरोनामुक्त भइसकेपछि कहिलेसम्म फेरी हुँदैन संक्रमण ? तथ्यांकले के देखाउँछ ?



Spread the love

१ माघ, एजेन्सी । एक पटक कोरोना भाइरसको संक्रमण भएर निको भइसकेपछि फेरी दोहोरिन कम्तिमा ५ महिना लाग्ने विज्ञहरूले बताएका छन् ।

कोरोना संक्रमण मुक्त भएका अधिकांश मानिसहरू कम्तिमा ५ महिना सुरक्षित हुने पब्लिक हेल्थ इंग्ल्याण्डले प्रस्तुत गरेको तथ्यांकमा देखिएको हो ।

एक पटक पनि कोरोना संक्रमण नभएका भन्दा कोरोना संक्रमण भएर सन्चो भइसकेकामा पुनः कोरोना संक्रमण हुने डर ८३ प्रतिशत कम हुने समेत उक्त अध्ययनले देखाएको बिबिसीमा उल्लेख छ ।

यद्यपी विज्ञहरूले कोही चाँडै कोरोना संक्रमित हुने र उनिहरूबाट कोरोना फैलिने जोखिम हुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्