Logo

४ दिनसम्म बन्धक बनाएर धामीले तातो पन्युँ र छडले हान्दा बाबुको मृत्यु, छोरा घाइते



Spread the love

गुल्मी । अन्धविश्वासको पछि लागेर झारफुकमा लाग्दा गुल्मीमा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ३ दर्लामचौरका ६४ वर्षीय पुरुष राम बहादुर मुखियाको बुधबार ज्यान गएको हो । त्यस्तै, उनका ३४ वर्षीय छोरा हुम बहादुर मुखिया समेत घाइते भएका हुन् ।

यस्तो छ घटना !

गत पुष २५ गते राम बहादुर मुखियाको शरिरमा सामान्य रोग देखा परेपछि उनका साइला छोराले उपचार गर्न धामी भनिने रेसुंगा नगरपालिका वडा नम्वर १ का राम प्रसाद श्रेष्ठकोमा ल्याए । उनिहरुको यो पहिलो भेट भने होइन । यस भन्दा अघि पनि राम बहादुर मुखियाका नाती बिरामी पर्दा धामी भनिने राम प्रसाद श्रेष्ठले निको पारेको र त्यहीं विश्वासमा पुनः बुबालाई लगिएको उनका छोरा हुम बहादुर मुखिया बताउँछन् ।

पुष २५ गतेदेखि बन्दक बनाएर लगातार यातनासँगै तातो पन्युँ र फलामको छडले हान्दा उनको मृत्यु हुन पुग्यो । उनको मृत्यु हृदयविदारक भएको तस्वीरले प्रष्ट पार्छ । चार दिनसम्म कसैलाई पनि भेट्न जान नदिएको र उनको मोबाइल समेत धामी भनिने राम प्रसाद श्रेष्ठले जफत गरेको परिवारको आरोप छ ।

पुष २६ गते बाबुलाई भेट्न गएका उनका जेठा छोरा हुम बहादुरलाई पनि कुल उतार्नु पर्छ भने पछि आँफु झारफुक गर्न राजी भएको र झारफुक गर्दा तातो पन्यु र छडले हान्द उनि सहित अर्का एक जना महिला घाइते भएका छन् । घाइते महिलाको पाल्पामा उपचार भइरहेको छ ।

हुम बहादुर मुखिया पनि सख्त घाइते भएकाछन् । उपचारका लागि पाल्पा जानु परेता पनि बाबुको दाहसंस्कारका लागि घर आएको उनि बताउँछन् ।

रामप्रसाद श्रेष्ठको घर पुग्दा त्यहाँ कुनै बली दिने प्रचलन भएको मन्दिरको जस्तै दृश्य दख्न सकिन्छ । हात हतियार छरपस्ट फालिएको छ । उनको घरमा सँधै धामी पुजा हुने र मानिसहरु हेराईकोराई गर्न आउने स्थानीय बताउँछन् ।

बुधबार राम बहादुर मुखियाको मृत्यु भएपछि श्रेष्ठका दम्पतीलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ । रामप्रसादसंगै उनकी श्रीमती शान्तीला श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले बताए ।

धामी भनिने रामप्रसादको खुल्यो अर्को रहस्य

विभिन्न प्रकारका रोगहरुको उपचार गर्छु भन्ने धामी भनिने राम प्रसाद श्रेष्ठको अर्को रहस्य खुलेको छ । बिहिवार पीडितको घर पुगेको सल्लेरी खबरको टिमसँग त्यस क्षेत्रका स्थानीयले धामी रामप्रसादले जबर्जस्ती पैसा माग्ने र नदिए धम्काउने गरेको गुनासो समेत गरेका छन् ।

स्थानीय राधा ढेगा मगरले आफुहरुको गत वर्षको साउन यता एक लाख ५० हजार खाइदिएको आरोप लगाइन् । विभिन्न बहानामा पैसा माग्ने गरेको उनले उल्लेख गरिन् । आफ्नो भाइको उपचारको लागि कहिले गुरुभेटि कहिले के भन्दै एक पटकमा २५ हजारसम्म माग्ने र निदए मन्त्र हानेर तेरो भाईलाई पागल बनाइदिन्छु भन्ने जस्ता धम्की दिने गरेको सल्लेरी खबरलाई बताइन् ।

धामीको धम्की र आफुहरुले पटक पटक दिएको पैसाको कुनै सबुत नहुदाँ पीडा सहेर बसेको उनको भनाइ छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्