Logo

पहिलो दिनमा कति कमायो विजयको ‘मास्टर’ले ?



Spread the love

एजेन्सी । कोरोना महामारीको समयमा पनि साउथ इण्डियन चलचित्रका नायक थलापति विजय र विजय सेतुपति अभिनित चलचित्र ‘मास्टर’ले विश्वभरमा पहिलो दिनमै ४० करोड रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ।

लोकेश कनागराजको निर्देशनमा बनेको चलचित्र ‘मास्टर’ तमिल, तेलुगु र कन्नड गरि ३ भाषामा रिलिज भएको थियो भने हिन्दी भर्सन बिहिबारबाट रिलिज भएको छ ।

फिल्ममा विजय, विजय सेतुपतिको अलवा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास, नसीरको मुख्य भूमिका रहेको छ ।

फिल्मले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ । केरला र कर्नाटकमा यसको आम्दानी ३, ३ करोड बढी बताइन्छ । तेलन्गाना र आन्ध्रा प्रदेशमा फिल्मले ४.५ करोड बढी कमाएको छ । देशका विभिन्न भागबाट १.५ करोड कमाएको छ । फिल्मले ओवरसिज मार्केटबाट पनि ४ करोड हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्