Logo

चर्चित गायिका शान्ति श्रीको ‘न्याय मरेको देश’



Spread the love

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजका धनि चर्चित गायिका शान्ति श्री परियारले फरक शैलीको गित बजारमा लिएर आएका छन् ।

पुवा युस्ताले निकै रुचाएकी चर्चित गायिका शान्तिको स्वरमा रहेको नयाँ गीत ‘न्याय मरेको देश’ सार्वजनिक भएको छ ।


राजेश पौडेलको शब्द रहेको गीतमा दिनेश मुस्कानले संगीत भरेका छन् । महिलाहरुमाथि हुने विभिन्न हिंसा बलात्कार, एसिड काण्ड र छाउपरी प्रथालाई गीतमा मार्फत प्रस्तुत गरेको निर्देशक विना श्रेष्ठले बताएकी छन् ।

उक्त गीत आफुले निकै नै मेहनत गरेको छु ,दर्शकले निकै नै रुचाउने छ भनेर बिश्वास गरेको निर्देशक श्रेष्ठले बताइन।भिडियोको मुख्य भूमिकामा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ।

रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादनगरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/fFvT8u-94iI

प्रतिक्रिया दिनुहोस्