Logo

मिलनचोक इडिफाइभलाई तम्घासमा सम्पन्न पुलचोक क्रिकेट लिगको उपाधि



Spread the love

४ माघ, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित पुलचोक क्लबको आयोजनामा सम्पन्न पुलचोक क्रिकेट लिगको उपाधि इडिफाइभ मिलनचोकले हात पारेको छ । फाइनल खेलमा रोयल सगरमाथलाई ६ विकेटले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।

टस जितेर व्याटिङ्ग रोजेको रोयल सगरमाथले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १०१ रन जोड्न सफल भयो । १०२ रनको विजय लक्ष्य पछ्याएको इडिफाइभ मिलनचोकले १७ दशमल २ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

मिलन चोक इडिफाइभका लागि अमृत कुवँरले अविजित ४७ रन जोडे । त्यस्तै, बलिङ तर्फ सुमन थापा र सुदिप परियारले समान तीन-तीन विकेट लिए भने अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न असक्षम रहे ।

त्यस्तै, रोयल सगरमाथाका खेलाडीको पनि मध्यम प्रर्दशन रह्यो ।

उपाधिसंगै मिलनचोक इडिफाइभले नगद २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै, उत्कृष्ट खेलाडीमा पनि मिलनचोक इडिफाइभको नै वर्चस्व रह्यो । मिलनचोकका लागि उत्कृष्ट बलरमा हिमाल बुचरेल, ब्याटसम्यानमा सन्देश पुन र इमार्जिङ्ग खेलाडीको उपाधि सुमन थापाले हात पारे । त्यस्तै, म्यान अफ द सिरिज रोयल सगरमाथाका आनन्द गमालको नाममा रह्यो ।

चार दिनसम्म चलेको लिग क्रिकेटमा चार टिमको सहभागीता रहेको पुलचोक क्लबका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । क्रिकेट खेल तथा खेडालीको स्तरवृद्धिसँगै गुल्मी जिल्लामा दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित लिगमा विभिन्न संघ संस्था तथा जिल्ला खेलकुद कार्यालय गुल्मीको सहयोग रहेको क्लबले जनाएको छ ।

जिल्लामा हुने साना ठुला खेलकुद आयोजनाले खेलाडीको क्षमतामा वृद्धि हुने र खेलाडीलाई प्रोत्साहन गर्न सहज हुने जिल्ला खेलकुद कार्यालय गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्