Logo

गुल्मीमा मृत फेला परेका पुरुषको छातिमा भरुवा बन्दुकमा लाग्ने चार वटा छर्रा हानेको पुष्टि



Spread the love

४ माघ, गुल्मी । गुल्मीमा मृत अवस्थामा फेला परेका पुरुषको हत्या गरिएको आशंका गरिएको छ ।

शनिबार रेसुङ्गा नगरपालिका – १४ रातमाटाका अन्दाजी ४५ वर्षीय तुल बहादुर विक छिमेकी स्थानीय तह गुल्मी दरबार गाउँपालिका -१ कोको अरेवा खोला नजिकै मृत फेला परेका थिए ।

घटना रहस्यमय देखिएपछि प्रहरीले अनुसन्धानलाई कडा बनाएको थियो । आइतबार शवको गुल्मी अस्पतालमा पोस्ट मार्टम गर्दा छातिमा भरुवा बन्दुकमा लाग्ने चार वटा छर्रा हानेको देखिएको गुल्मी प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब ११ बजे तिर घरबाट घास काट्न हिडेका विक अबेरसम्म नफर्किएपछि प्रहरी र स्थानीयले खोज्ने क्रममा रहस्यमय अवस्थामा मृत फेला परेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्