Logo

दम्पत्ती मृत अवस्थामा फेला



Spread the love

७ माघ, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-७ मा एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन्।

सोमबार बिहान नगरपालिकाको चाँगाथलीस्थित एक घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका हुन्।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्जवल महर्जनका अनुसार चाँगाथलीका रमेश खड्काको घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका हुन्।

मृत फेला पर्नेमा सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल छन्।

प्रतिक्रिया दिनुहोस्