Logo

कोरोनाको खोप लगाउने बित्तिकै हर्ट अट्याक भएर एक जनाको मृत्यु



Spread the love

६ माघ, एजेन्सी । भारतमा कोरोना भाइरसको खोप लगाउने बित्तिकै हर्ट अट्याक भएर एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको खोप लगाउने बित्तिकै ४३ वर्षीय नागराजाको मृत्यु भएको भारतका मिडियाहरूले उल्लेख गरेका छन् ।

भारतमा शनिबारदेखि विश्वकै सबैभन्दा ठूलो कोरोना भाइरसको खोप अभियान सुरू भएको छ । त्यहाँ पहिलो चरणमा ३० करोडलाई भ्याक्सिन लगाइने बताइएको छ ।

बिबिसी हिन्दीका अनुसार मृत नागराजाको शवको पोष्ट मार्टक गरिसकेर रिपोर्ट राज्य सरकारलाई पठाइएको छ ।

नागराजाको मृत्यु श्वास प्रणालीको असफलताका कारण भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्