Logo

सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नाम सहित)



Spread the love

६ माघ, काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक (एसएसपी) बढुवाका लागि १६ जना प्रहरी उपरीक्षक (एसपी)को नाम सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिसको निर्णय गरेको हो ।

बढुवामा सिफारिस हुनेहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्