Logo

आइसेक इन काठमाडौँको नेतृत्वमा बालकलाकार कार्यक्रम सम्पन्न



Spread the love

५  माघ, काठमाडाैँ । “AIESEC ” दोस्रो विश्वयुद्ध पछि १९४८ मा स्थापना भई “Peace and Fulfillments of Humankind’s Potential ” को लक्ष लिई अघि बढिरहेको र हालसम्म विभिन्न ११० भन्दा बढी देशहरूमा सञ्चालन हुँदै आएको तथा युवा व्यक्तिहरूको अन्वेषण र नेतृत्व विकासका निम्ति सहयोग गर्ने विश्वकै सबैभन्दा ठुलो युवा नेतृत्वको संस्था हो।

“बालबालिकाको कलाले बालबालिकाहरूको विकास र मनोवैज्ञानिक मुद्दाहरूको बारेमा जानकारी प्रदान गर्न सक्छ।” भन्ने यथार्थ लाई आत्मसाथ गर्दै आइसेकले गत माघ ३  गते सारत स्थित PA Nepal मा  डोली शाहको सभापतित्वमा अधिकार प्राप्त र वञ्चित बालबालिकाहरूलाई एकै ठाउँमा राखी एक चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो भने उक्त कार्यक्रममा बालबालिकाको दिगो विकाश र लैङ्गिक समानतालाई विशेष जोड दिइएको थियो।

फरक फरक ठाउँबाट, फरक फरक परिस्थितिमा हुर्किरहेका फरक किसिमका बालबालिका हरूलाई एकै ठाउँ राख्न सक्नु आफैमा एक चुनौती भएता पनि आइसेकमा आवद्द सदस्यहरूले सक्रिय तरिकाले उक्त काम सहजै गर्न सफल हुनुभयो।  साथै कार्यक्रम द्वारा व्यक्तिको कला लाई उसको रहन – सहन  वा परिस्थितिले फरक पार्दैन, हामी सबै समान हो भन्ने सन्देश समेत प्रवाह गरिएको थियो।

अधिकार प्राप्त र वञ्चित गरी १०८ भन्दा बढी बालबालिका रहेका उक्त कार्यक्रममा बालबालिकाहरूलाई स्वच्छ वातावरणको विषयमा चित्रहरू बनाउन लगाइएको थियो भने सहभागी मध्य उत्कृष्ट ५ जनालाई विशेष पुरस्कारको समेत व्यवस्था थियो। त्यति मात्रै नभई उपस्थित बालबालिकाहरूले विभिन्न सङ्गीत तथा नाचको माध्यमबाट समेत आफ्नो कला प्रस्तुत गर्ने अवसर पाएका थिए भने उनीहरूका लागि खानपिन तथा मनोरञ्जनको समेत राम्रो व्यवस्था गरिएको थियो।

एउटा सानो केटोले आफ्नो कपडामा खानेकुराको पोको राख्दै “आज त मैले के के पाए” भन्दै खुसी प्रकट गरेको कुरालाई उक्त कार्यक्रमको मुख्य आकर्षणको रुपमा हेरिएको छ भने उक्त प्रतियोगितात्मक कार्यक्रमको उचित मूल्याङ्कन गर्नका निमित्त देश तथा विदेशमा ख्याति प्राप्त कलाकार बाल कृष्ण गुरुङको उपस्थिति रहेको थियो भने प्रतियोगितामा उपस्थित सबैको प्रस्तुत भिन्न र रमाइला रहेका उहाँको भनाई रहेको थियो।

उक्त कार्यक्रम आयोजनाको निम्ति विभिन्न सहयोगी हातहरूले सहयोग गर्नुभएको थियो ,टी – फ्रेशो  शीर्ष प्रायोजक रहेको उक्त कार्यक्रममा सिक्सभिल्ला को सह-प्रायोजन रहेको थियो भने पिज्जा पसल रेस्टुरेन्ट पार्टनर, नेबिको फुड पार्टनर र सहयोगी कुलाब शिक्षा पार्टनर रहेका थिए।

अन्त्यमा कार्यक्रमका सभापति डोली शाहले उत्कृष्ट ५ सहभागीहरूलाई लाई पुरस्कार प्रदान गर्दै उपस्थित सम्पूर्ण बालबालिकालाई हौसला र सल्लाह दिनुका साथै कार्यक्रमलाई अहोरात्र खटेर सफल पार्नुहुने सम्पूर्ण क्रियाशील सदस्य तथा पदाधिकारीहरू र आयोजक हरूलाई धन्यवाद ज्ञापन गरी फेरी फेरी यस्ता कार्यक्रमहरू गरिरहने प्रतिवद्दता जाहेर गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्