Logo

नेपालमा भोली नै कोरोना विरूद्धको खोप आइपुग्ने



Spread the love

७ माघ, काठमाडाैँ । भारतले नेपाललाई १० लाख डोज कोरोनाविरूद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले नेपाललाई १० लाख डोज कोरोनाविरूद्धको भ्याक्सिन उपलब्ध गराउने जानकारी दिएका हुन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार भारतले प्रदान गर्ने भनेको खोप भोली नै नेपाल आइपुग्नेछ । त्यस्तै, उक्त खोपहरू फ्रन्ट लाइनमा खटिनेहरूका लागि प्राथमिकताका साथ दिइने उनले बताएका छन् ।

यो खोप भारतले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्