Logo

के मास्क लगाउँदा चस्मा बाफ पसेर हैरान हुनुहुन्छ ? यस्ता छन् जोगिने उपाय



Spread the love

काठमाडौं। अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्कको प्रयोग गरिरहेका छन् ।

चस्मा लगाउने व्यक्तिलाई मास्क लगाउन निकै गाह्रो हुन्छ । तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ।

मास्क लगाउँदा चस्मामा बाफ आउने गर्छ जसले गर्दा हेर्न पनि अफ्ठेरो हुन्छ । कारोनाको कहरका बेला मास्क पनि लगाउनै पर्यो चस्मा पनि नलगाई भएन । तर चिन्ता नगर्नूस्, मास्क र चस्मा एकै पटक लगाउँदा पनि बाफले नछेक्ने सजिलो उपाय छ ।

मास्क लगाउँदा के तपाईंको चस्मा बाफले छोपिन्छ ? मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय:

१. टिशूको प्रयोग: मास्कको माथिल्लो भागमा भित्रपट्टी कहिँ टिशू पेपर हाल्नुहोस् । त्यसले बाफ सोस्छ
२. चस्मा पछाडि मास्क: लगाउँदा मास्कलाई चस्मामाथि नपार्नुहोला
३. साबुनको प्रयोग : चस्मा साबुनपानीले धुनुहोस्. त्यसो गर्दा बन्ने पातलो झिल्लीले चस्मामा बाफ बस्न दिंदैन

प्रतिक्रिया दिनुहोस्