Logo

२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?



Spread the love

८ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४६, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिएका छन्।

 यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्