Logo

नारायण रायमाझीको ‘परदेशी २’ को प्रदर्शन मिति तय



Spread the love

काठमाडौं । गायक, मोडल हुँदै नायक बनेका प्रकाश सपुतले पहिलो चलचित्र ‘परदेशी २’ रिलिज तय गरेको छ ।  

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो बर्षको दशैंमा रिलिज हुने भएको छ । यो बर्षको दशैंमा रिलिज हुने बताइएतापनि कोरोना भाइरसका कारण यो चलचित्र रिलिज हुन सकेन । अब, निर्माणपक्षले अर्को बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको छ । चलचित्रको छायांकन सकिएसँगै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो ।

निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

चलचित्रको मुख्य भूमिकामा दिलीप रायमाझी, नीर शाह, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी,  देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ ।

सुदिप कुँवर सहायक निर्देशक रहेको ‘परदेशी–२’मा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, बि.बि. अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । चलचित्रको कथा रमेश विजीले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्