Logo

आज ३ सय २ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

९ माघ, काठमाडौँ । देशभरका प्रयोगशालामा ३ हजार ५ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार थप ३ सय २ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ३ सय २ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १, झापामा १, भोजपुरमा २, मोरङमा ३, पर्सामा १, बारामा ३, सिराहामा ३, काठमाडौँमा ९०, काभ्रेमा १, चितवनमा ४२, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ९, मकवानपुरमा ४, रामेछापमा १, ललितपुरमा १३, सिन्धुपाल्चोकमा ३,कास्कीमा ४४, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा ८, पर्वतमा ५, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १, नवलपरासीमा १, पाल्पामा २, प्यूठानमा १, बाँकेमा १८, रुपन्देहीमा १०, डोल्पामा १, सुर्खेतमा १ तथा कञ्चनपुरमा १५ जना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ।

हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्