Logo

मालिका गाउँपालिकामा दुई पक्की पुलको शिलान्यास



Spread the love

१० माघ, गुल्मी । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मालिका गाउँपालिका दुइ पक्की पुलको शिलान्यास गरेका छन् । मन्त्री चाैधरीले शुक्रबार वडा नम्बर -६ को अर्जैबेसी खोलामा र वडा नम्बर ४ अर्खबाङ र वडा नम्बर दुई दर्लिङलाई जोडने निस्ती खोलामा पुलको शिलान्यास गरेका हुन् ।

फुलबारी-अर्जैबोम नेटा बाग्लुङ सडकखण्ड अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर छ अर्जै स्थित अर्जैबेसी खोलामा पुलको शिलान्यास गरिएको हो ।

पुल शिलान्यास गर्दै मन्त्री चौधरीले गुणस्तरीय काम गरि समयमै योजना सक्न निर्माण व्यवसायीलाई आग्रह समेत गरेका छन् । साथै उक्त सडक महत्त्वपूर्ण सडक खण्ड भएकाले त्यसमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

२ वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरि भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवासँग सम्झौता भएको छ । उक्त पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाइ रहेको त्यस वडाका वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

पुल निर्माण सम्पन्न भएपछि गुल्मी जिल्ला र बागलुङ जिल्लाका नागरिकहरु लाभान्वित हुनेछन् । त्यस्तै निस्ती खोलामा शिलान्यास गरिएको पक्की पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाई रहेको छ भने २ करोड २१ लाख रकम विनियोजन गरिएको छ ।

वडा नम्बर ७ घमिरमा २०० घरधुरीमा पुगेको एक घर एक धारा खानेपानी आयोजनाको उद्घाटन समेत मन्त्री चौधरीले गरेको मालिका गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्