Logo

सनमलाई अस्मिताको दोष



Spread the love

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘दोष’ एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

धर्मेन्द्र तिम्सिना क्षितिजको शब्द रहेको गीतमा चर्चित संगितकार रोशन सिंहले संगीत भरेका छन् ।

भिडियोमा सनम कठायत, अस्मिता पन्त, शंकर कोइराला र आवृति कोइरालाको अभिनय छ। म्युजिक भिडियो चितवन क्षेत्रमा छायांकन गरिएको हो ।

ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरेको भिडियोलाई विकाश दाहालको सम्पादन गरेका हुन् । उक्त भिडियोलाई अन्जन शर्माले निर्देशन गरेका छन्।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्