Logo

अभिनेता शाहरुखको प्रतीक्षित चलचित्र ‘पठान’को छायांकन सेटमा ठूलो लफडा



Spread the love

एजेन्सी । अभिनेता शाहरुख खानको प्रतीक्षित चलचित्र ‘पठान’को छायांकन सेटमा ठूलो लफडा भएको छ ।

उक्त चलचित्रको छायांकनका क्रममा निर्देशक र एक सहयोगीतविच हात हालाहाल नै भएपछि निर्माता आदित्य चोपडाले सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

नायक साहरुख खान, नायिका दीपिका पादुकोण र नायक जोन अव्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को हाल धमाधम छायांकन भैरहेको छ ।

घटनापछि यश राज स्टुडियोमा सुरक्षा कडा गरिएको छ भने आदित्य चोपडाले त्यसको छानबिन गर्न आदेश दिएका छन् ।

निर्देशक सिद्धार्थ आनन्दले सेटमा मोबाइल र क्यामेरा दुबै निषेध गरेका थिए । तर, एक सहयोगीले उनको यो निर्देशनलाई मानेनन् । सिद्धार्थले बारम्बार संझाउँदा पनि नमानेपछि उनले ती सहयोगीलाई एक थप्पड हानेका थिए । निर्देशक सिद्धार्थमाथि ती सहयोगीले पनि थप्पड फर्काएका थिए ।

अभिनेता खान सेटमा रहेका महिलाहरुलाई लिएर चिन्तित रहेको बताइएको छ । चलचित्रका निर्माताका एकजना साथीले भने, “हामी सेटमा पुरुषहरु यसरी झगडा गरेको सहन सक्दैनौँ । यो कुनै बियर बार होइन ।” यद्यपि, झगडाको विषय र अन्य जानकारी भने सार्वजनिक भइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्