Logo

कोरोना संक्रमणबाट चर्चित टेलिभिजन प्रस्तोता किङको निधन



Spread the love

न्युयोर्क–अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङ कोरोना संक्रमित भएपछि अस्पताल उपचारका क्रममा निधन भएको हो ।

उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको जनाइएको छ। उनले सीएनएनमा मात्र २५ वर्ष काम गरेका थिए। उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए।

ल्यारी किङले सिएनएनमा २५वर्षसम्म अन्तर्वार्ता कार्यक्रम ‘ल्यारी किङ लाइभ’ चलाएका थिए। जसको ६ हजार इपिसोड पूरा भएपछि सन् २०१० मा अवकास लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्