Logo

तीन करोड ठगी आरोपमा स्कुल सञ्चालक पक्राउ



Spread the love

१० माघ, काठमाडौं । काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ ।

तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कुलका सञ्चालक शिरीष खड्का र सुरेन्द्र महर्जनलाई आज काठमाडौँबाट पक्राउ गरेको छ । 

ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सञ्चालकले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को बैशाखमा २ करोड ७५ रुपैयाँ बैना लिएको र पछि अर्कैलाई बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्कुलको जग्गा विक्री गर्दा काठमाडौं महानगरपालिकाको शिक्षा शाखाबाट अनुमति समेत नलिएको पाइएको छ । यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्