Logo

सुन्दा पनि प्रत्यार नलाग्न सक्छ, जुम्ल्याहा छोराका फरक–फरक बाबु भएपछि



Spread the love

एजेन्सी ।  एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । ती जुम्ल्याहा बच्चाको बाबु फरक फरक भएको डिएनए जाँचबाट पुष्टि भएको छ ।

चीनमा जुम्ल्याहा छोराका फरक–फरक बाबु भएको पत्ता लागेपछि हंगामा मच्चिएको छ । यस्तो खबर पाएपछि बच्चाका बाबु दुःखी बनेका छन् ।

यो घटना चीनको सियामेन सिटीको हो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

पछि थाहा भएअनुसार उनकी पत्नी परपुरुषसँग पनि यौन सम्बन्ध राखेको पाइयो । दुई पुरुषसँग छोटो समयमा यौन सम्पर्क गर्दा यस्तो स्थिति आएको हुनसक्ने डाक्टरले बताएका छन् ।

डाक्टरहरुले पनि यस्तो घटना धेरै कम हुने बताएका छन् । उनीहरु पनि अन्योलमा परेका छन् । अहिले उनका पतिले दुइटै बच्चा स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्