Logo

वडा कार्यालय तोडफोडप्रति विप्लव नेकपाको चासो, दोषीलाई कारबाही गर्ने चेतावनी



Spread the love

११ माघ, गुल्मी । पछिल्लो समय गुल्मीको मालिका गाउँपालिकामा घटेका घटनाप्रति विप्लव नेतृत्वको नेकपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि सार्वजनिक नगरे पार्टिले अनुसन्धान गरि सत्यतथ्य छानबिन गरेर कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला पार्टी सेक्रेटरी माहुरीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । “गत मङ्सिर ७ गते गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ स्थित देविस्थान माविमा निर्माणधिन नँया भवन अज्ञात समुहले भत्काएको थियो । उक्त घटना सरकारी योजनामा नै केहि स्वार्थ समुहले नियोजित घटाएको भनी स्थानीयको जनगुनासो हुदै आएको छ “। विज्ञप्तीमा उल्लेख छ ।

‘त्यसै गरि उक्त गाउँपालिकाकाकै वडा नम्बर सातको कार्यालय बाट असोज १० गते ६० हजार नगद , पुस ९ गते ३० हजार नगद एक थान ल्यापटप र माघ ७ गते कार्यालय मा रहेको एक थान कम्प्युटर चोरी र अन्य भौतिक सामाग्रीमाथि तोडफोड भएको भनिएको छ । पटकपटक एउटै कार्यालयमा एउटै प्रकृतिका घटना दोहोरिरहँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको छ । साथै स्थानीय जनताले लगाएको केराबारी फाडिएको घटना समेत सार्वजनिक भएको छ । यि दुबै घटनामा स्थानीय निकाय जनप्रतिनिधि केहि ठेकेदार समेत सङलगन रहेको छ भनी व्यापक जनगुनासो आएको हुँदा उक्त घटनाको सत्यतथ्य छानबिन होस ।’ भन्दै विप्लव समूहले विज्ञप्ती जारी गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्