Logo

नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी आज देखि सुरु !!!



Spread the love
सिभिल इन्जिनियरिङ विद्यार्थी समाज सेस (नेपाल) पुल्चोक क्याम्पसले आयोजना गरेको नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी आज देखि सुरु भएको छ।
“समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्माण”को मुल नारा सहित पुल्चोक ई. क्याम्पसमा सञ्चालन हुन लागेको उक्त प्रर्दशनी आज, भोलि र पर्सि(माघ १५, १६ र १७) गरि तीन दिन सम्म चल्नेछ। प्रदर्शनीमा विभिन्न विधामा सिभिल इन्जिनियरिङसँग सम्बन्धित सामग्री तथा नयाँ प्रविधिहरूलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिनेछ ।
साथै, विभिन्न सरकारी, गैर–सरकारी तथा निर्माण व्यवसायी संस्थाहरू लगायत थुप्रै परामर्शदाताहरूद्वारा आ-आफ्नो विषयसँग सम्बन्धित सामग्रीहरू पनि देखाइनेछ। शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका घरको डिजाइन, नमुना र त्यसका लागि आवश्यक पर्ने प्रविधिहरू विशेष आकर्षणका रूपमा रहनेछन् ।
यसबाहेक सडक विभाग, खानेपानी, सरसफाइ तथा ढल निकास विभाग, सिँचाइ विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागबाट पनि सामग्रीहरू प्रदर्शनीमा राखिने छन् । विद्यार्थी स्तरमा इन्जिनियरिङसँग सम्बन्धित नमुना मोडल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सेमिनार, सफ्टवेयर प्रतियोगिता, कंक्रिट मिक्स डिजाइन प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता, विविध मनोरञ्जन लगायत अन्य थुप्रै जानकारीमूलक कार्यक्रमहरू प्रदर्शनीका आकर्षण हुनेछन् ।
वि.सं. २०६३ सालदेखि सुरू भएको यस प्रदर्शनी २०६३, ०६४, ०६५, ०६६, ०६८, ०७०, ०७२ र ०७३ गरी आठ पटक सफलतापूर्वक सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष मात्रै करिब २० हजार भन्दा बढिको संख्यामा प्रदर्शनी अवलकोनकर्ताको उपस्थिति रहेको थियो।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विज्ञ तथा विशिष्ट व्यक्तित्वहरूबाट थुप्रै जानकारीमूलक सामग्रीहरू प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्