Logo

भारतबाट केरा लिएर नेपाल आएको ट्रकमा भेटियो ८ फिट लामो सर्प



Spread the love

१२ माघ, सुनवल । भारतबाट नेपाल केरा ल्याउँदै गरेको ट्रकमा सर्प भेटिएको छ । आइतबार भारतबाट केरा लिएर नेपाल आउँदै गरेको ट्रकको क्याबिनमा ८ फिट लामो सर्प भेटिएको हो ।

ट्रकको क्याबिनमा सर्प भेटिएपछि सुनाैली भन्सार केही समयका लागि प्रभावित भएको थियो । त्यस्तै, करीब एक घण्टा सडक जाम समेत भएको थियो ।

करिब एक घण्टा लगाएर उक्त सर्पलाई ट्रकबाट निकालेर सुरक्षित स्थानमा छाडिएपछि सवारी आवागमन सूचारु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्