Logo

‘ओली, नेम्वाङ र खरेलसँग अर्कै संविधान छ’-वरिष्ठ अधिवक्ता थापा



Spread the love

१२ माघ, काठमाडौं। प्रतिनिधिसभा विघटनको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलको अभिव्यक्तिप्रति वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यङग्यपूर्ण शैलमा टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ को संसद विघटन संविधानअनुसार नै भएको दाबी गर्दै आएका छन् भने संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा राखेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ता थापाले संविधानबारे प्रधानमन्त्री, संविधानसभा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलप्रति पनि कटाक्ष गरेका हुन् ।

सुनुवाइका क्रममा थापाले संसद विघटन के हो ? कस्तो अवस्थामा संसद विघटन हुन्छ ? र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफूले धारणा राख्ने बताएका छन् ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न तीन सयभन्दा भढी वकिलहरुले वकालतनामा लेखाएका छन्।

बहस गर्नेको संख्या धेरै भएको तथा सुनुवाइमा अधिवक्ताले धेरै समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले एक जनालाई बढीमा आधा घण्टाको मात्रै समय तोकेर बहस अघि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्