Logo

आज कति थपिए नेपालमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?



Spread the love

१२ माघ, काठमाडौं।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

सोमबार ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्