Logo

‘आरआरआर’को रिलिज मिति तय



Spread the love

एजेन्सी । पछील्लो समय निकै बहुप्रतिक्षित रहेको चलचित्र ‘आरआरआर’को रिलिज मिति तय भएको छ ।

‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ आगामी दशैंमा रिलिज हुने तय भएको छ।

‘आरआरआर’को पुरा नाम ‘रौद्राम रनम रुधीराम’ हो । तेलुगू भर्सनमा बनेको यो फिल्म हिन्दीसहित अन्य दुई भाषामा रिलिज हुनेछ ।

‘आरआरआरका लागि तयार हुनुहोस् । १३ अक्टोबर २०२१ मा थिएटरमा आउँदैछ,’ आलियाले ट्वीट गरेकी छन् । फिल्ममा राम चरण र एनटीआर जूनियर, आलिया भट्ट र अजय देवगन प्रमुख भूमिकामा छन् ।

फिल्ममा जुनियर एनटीआरको भूमिकाको नाम कोमाराम भीम रहेको छ । कोमाराम भीम स्वतन्त्रताका सेनानी थिए । निर्देशक राजामौलीका अनुसार भीमले परम्परागत किसिमले शिक्षा हासिल गरेनन् र उनले युवावस्थामै गाउँ छोडेका थिए । तर जब उनी गाउँ फर्किए, त्यो समयमा उनी शिक्षित भइसकेका थिए ।

उनले आदिवासीका लागि ब्रिटिस शासनका विरुद्ध युद्ध लडेका थिए । उनले गुरिल्ला शैली अपनाएका थिए र पछि अंग्रेज शासनको विरुद्ध लड्दालड्दै शहीद भए । यो फिल्मको लगानी झण्डै चार सय करोड भएको बताइएको छ ।

उनले ट्विटमा सिनेमाका सबै बिक्री अधिकारहरूबाट सिनेमाले देश र विदेशमा गरेर ४ सय करोड भारू कमाइसकेको बताएका हुन्। ।

प्रतिक्रिया दिनुहोस्