Logo

भोलि माघ १३ गते मंगलबार, कस्तो छ तपाईंको राशिफल



Spread the love

भोलि मिति २०७७ साल माघ १३ गते मंगलबार ।भोलिको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष– जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवम् प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । थालनीको काम लम्बिन सक्नेछ । स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवम् अपजसको सामाना गर्नुपर्नेछ ।

वृष– प्रेममा प्रगति हुने एवम् नयाँ मित्रता अगाडि बढ्नेछ । प्रेममा सुख मिल्ने एवम् वैवाहिक कुरामा प्रगति हुनेछ । पारिवारिक भेटघाटमा समय बढी व्यतित् हुनेछ । मनोरञ्जनमा धनको खर्च हुनेछ । साथीभाइसँगको रमाइलोमा धन जानेछ ।

मिथुन– वादविवाद एवम् प्रतिस्पर्धामा जीत हासिल मिल्ने तथा सरकारी काममा जिम्मेवारी रहनेछ । आपसी विवाद समझदारीमा टुंगिनेछ । टाढाको आफन्तबाट आर्थिक सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवम् उपलब्धि मुलक काममा खर्च हुनेछ ।

कर्कट– पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवम् मातापितासँग सम्बन्ध बिग्रिनेछ । विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवम सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ ।

सिंह– व्यवसायमा सामान्य लाभ एवं धनको कारोबार बढ्नेछ । जीवनसाथीसँग भने सामान्य विवाद बढ्ने एवम् पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । साताको शुरुमा भने स्वास्थ्यमा बाधा आउनेछ । घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवम् चिसोको बाधा रहनेछ ।

कन्या– स्वास्थ्यमा बाधा एवम् पारिवारिक कामले खर्च बढ्नेछ । विद्याध्ययनमा रोकावट एवम वैदेशिक फाइदा मिल्नेछ । दाजुभाइको मिलेमतोमा पुरानो कारोवार मिल्नेछ । छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवम् नयाँ कामको सुरुवात हुनेछ ।

तुला– मिठो भोजन एवम सामाजिक काममा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठुलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । धनको प्राप्ती हुनेछ । जिम्मेवारीको काममा सामान्य आलोचना हुनेछ । वैवाहिक सम्बन्धको प्रसंग उठ्नेछ । प्रेममा प्रगति एवं मित्रबाट धनको सहयोग मिल्नेछ।

वृश्चिक– यात्रामा समस्या आउने र सानो कुराले विवाद हुनेछ । हडबडमा काम बिग्रिनेछ । एकैचोटी योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँ काममा योजना हुने, पारिवारिक रमाइलो मिल्ने एवम धनको हानि हुनेछ । रमाइलोमा समय व्यतित हुनेछ । विलासिता एवं घरायसी काममा धनको खर्च हुनेछ ।

धनु- खानपिनमा खर्च बढी हुनेछ । स्वास्थ्य बाधा गर्ने एवम सञ्चित धनको क्षय हुनेछ । विद्याध्ययनमा रुचि एवं परोपकार क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । यात्रामा बाधा र झन्झट व्यहोर्नु पर्नेछ । फाइदा विनाको काममा समय खेर जानेछ । सरसामान हराउने एवं आर्थिक काममा फाइदा कम हुनेछ ।

मकर- तरल पदार्थ, खाद्यान्न व्यवसाय एवम जडिबुटीको कारोबारमा आम्दानी हुनेछ । आत्मबल बढ्नाले नया काममा प्रगति हुनेछ । । महिलावर्गको सहयोगले आर्थिक कारोवार मिल्नेछ । व्यवसायमा राम्रो लाभ मिल्नेछ । सोचेको कुरा पुग्ने एवम आर्थिक लाभ हुनेछ ।

कुम्भ- नोकरी रोजगारीमा अवसर आउनेछ । राजनीति एवम सरकारी क्षेत्रमा जिम्मेवारी बढ्नेछ । ठुलाबडाले साथ दिने एवम काम र प्रतिस्पर्धामा जस मिल्नेछ । माइती मावलीबाट व्यवसायमा सहयोग हुनेछ । महिलाबर्ग एवं पारिवारिक माहोलमा माया खुसि मिल्नेछ ।

मीन- वैदेशिक काममा सफलता हुनेछ । पुराना,अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पुरा हुनेछ । धर्म,कर्ममा रुचि एवम सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिनेछ । भाग्यले साथ दिनाले पुराना कामबाट फाइदा आउन शुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्