Logo

नागरिक अगुवाहरूको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, प्रदर्शनकारीमाथि पानीको फोहोरा



Spread the love

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ । 

उनीहरु प्रदर्शन गर्दै बालुवाटार पुगेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीकाे फोहोराले हानेको थियो ।  प्रहरीले उनीहरुमाथि निषेधित क्षेत्रमा प्रदर्शनका साथै र नाराबाजी गरेका कारण हस्तक्षेप गरेको हो । प्रदर्शनमा कमलपोखरी बचाउ अभियानका अभियन्ताहरु समेत सहभागी थिए ।

कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताहरुले सरकारको प्रतिगमनविरुद्ध मार्च पास गरेका हुन् । तर उनीहरूकाे शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीकाअनुसार केहीलाई पक्राउ गरिएको छ। उनीहरूले आरडिटी बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कर तिर्न गरेको ताकेता, राष्ट्रपति कार्यालयमा फेर्न लागेको कार्पेट लगायतका विरूद्ध विरोध प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्