Logo

आज ३ सय ३ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१३ माघ, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा बिहिबार थप ३ सय ३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ३ सय ३ जना कोरोना संक्रमण देखिएका मध्य उदयपुरमा १,खोटाङका १, झापाका ३, पाँचथरका १, मोरङका १, सुनसरीका १, धनुषाका १, सप्तरीमा १, काठमाडौँमा १३४, काभ्रेमा ७, चितवनमा १९, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७, मकवानपुरमा २ र ललितपुरमा ३१, सिन्धुलीमा ३, कास्कीमा ३२, गोरखाका २, तनहुँमा २, नवलपरासी पूर्वमा २, बाग्लुङमा ५, अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा ४, नवलपरासीका १, पाल्पामा ४, बर्दियामा १, बाँकेमा ५, रुपन्देहीमा ८, रोल्पामा १,दैलेखमा ३, सल्यानमा १ तथा बझाङमा ६ जना संक्रमित थपिएका छन्।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ८२३ पुगेको छ भने योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्