Logo

जसले अध्यक्ष दिन्छ उतै गएर पार्टी एकताको काम गर्छु: वामदेव गौतम



Spread the love

१३ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको सचिवालयले पार्टीको दुई समूह जसले अध्यक्ष दिन्छ त्यही समूहसँग मिल्ने भनेर आएको समाचार झुट भएको जनाएको छ ।

मंगलबार एक प्रेस नोट जारी गर्दै गौतमको सचिवालयले ‘राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा आज १३ गते प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएको भन्दै आपत्ति जनाएको हो ।

‘सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन ।’ सचिवालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्