Logo

बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक



Spread the love

एजेन्सी । पछील्लो समय निकै बहुप्रतिक्षित रहेको चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ ।

‘बाहुबली’ चलचित्रका निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ आगामी दशैंमा रिलिज हुने तय भएको छ। ‘आरआरआर’को पुरा नाम ‘रौद्राम रनम रुधीराम’ हो । तेलुगू भर्सनमा बनेको यो फिल्म हिन्दीसहित अन्य दुई भाषामा रिलिज हुनेछ ।

‘आरआरआरका लागि तयार हुनुहोस् । १३ अक्टोबर २०२१ मा थिएटरमा आउँदैछ,’ आलियाले ट्वीट गरेकी छन् । फिल्ममा राम चरण र एनटीआर जूनियर, आलिया भट्ट र अजय देवगन प्रमुख भूमिकामा छन् ।

डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाइ डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ ।

फिल्ममा जुनियर एनटीआरको भूमिकाको नाम कोमाराम भीम रहेको छ । कोमाराम भीम स्वतन्त्रताका सेनानी थिए । निर्देशक राजामौलीका अनुसार भीमले परम्परागत किसिमले शिक्षा हासिल गरेनन् र उनले युवावस्थामै गाउँ छोडेका थिए । तर जब उनी गाउँ फर्किए, त्यो समयमा उनी शिक्षित भइसकेका थिए ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/qLbZ5YHbEk8

प्रतिक्रिया दिनुहोस्