Logo

भ्याइस अफ नेपालकी मेचुले ल्याइन ‘मैले के बिगारेँ’



Spread the love

काठमाडौँ। भ्याइस अफ नेपाल सिजन २ बाट एकाएक चर्चामा आएकी गायिका मेचु धिमालले नयाँ गीत बजाएमा ल्याएकी छिन् ।

उनको नयाँ गीत ‘मैले के बिगारे’ बोलको गीत मेचु धिमाल कै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

पुरुष भर्जनमा भने संगीतकार कार्की आफैंले स्वर भरेका छन् । पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा करणराज कार्कीले संगीत भरेका छन् । भिडियोमा गायिका मेचु र ज्वाला राई फिचर्ड छन् । उक्त भिडियोमा पति वियोगको कथा देखाइएको छ ।

पेटेर पुरुङद्वारा छायांकन गरेको भिडियोलाई विष्णु हरी तिमल्सेनाले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई मेचुले नै कन्सेप्ट तथा निर्देशन गरेकी छिन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/jtztwrSBK9g

प्रतिक्रिया दिनुहोस्