Logo

नयां एक्टरहरु चुसेको आँप जस्तै देखिन्छन्- गोविन्दा



Spread the love

dबलिउडका एक्टर गोविन्दाले परफेक्ट शरीर बनाएर चर्चामा आउन चाहने नयां जेनरेशनका एक्टरहरुको आलोचना गरेका छन्। हालै एक मिडियामा दिएको अन्र्तवार्तामा उनले नयां एक्टर हरुको केवल सिक्स प्याक एब्स मात्र देखिने तर अनुहार भने चुसेको आँप जस्तै हुने बताएका छन्। उनले आफ्नो कुरा दोहोराउँदै भने- ”म सही बोल्दैछु,पुराना एक्टरहरुको अनुहारमा ग्ल्यामर र चार्म हुन्थ्यो तर अहिले त्यस्तो कुनै अनुहार पाईन्न जसको अनुहार धर्मेन्द्रको जस्तो होस्”। साथै उनले भनेका छन्- अहिले जसको शारीरिक वनावट राम्रो हुन्छ उसको अनुहार रुखो देखिन्छ र जसको अनुहार राम्रो छ उसंग राम्रो बडी हुँदैन, केवल सलमान खान र अक्षय कुमार अपवाद मा पर्छन्। यस्तो अन्र्तवार्ता दिएपनि उनले जोन र रणविर सिंहको भने राम्रै तारिफ गरेको भारतीय मिडियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्