Logo

कालिकोटका केन्द्रीय सदस्य आचार्यमाथि प्रहरीको हातपात



Spread the love

२२ माघ, कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समुहले आम हड्ताल गर्नेक्रममा कालिकोटमा प्रदर्शनकारी र प्रहरीबीच हातपात भएको छ ।

प्रदर्शनका क्रममा प्रचण्ड-नेपाल समुहका अनेरास्ववियू कालिकोटका केन्द्रीय सदस्य भिम प्रसाद आचार्यलाई प्रहरीले हातपात गरेको हो ।

सोहि क्रममा नेता आचार्यलाई सामान्य चोट लागेको छ । बन्द गराउन हिंडेका आचार्यको समूहलाई प्रहरीले अवरोध गरेपछि हातपात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्