Logo

हालसम्म कोरोना संक्रमणबाट काठमाडौं महानगरमा कतिको मृत्यु ?



Spread the love

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिकामा २ सय ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी वडा १५ का २३ जना, वडा ४ का १७, वडा १० का १६ तथा वडा ६ र ३० का १५/१५ जना छन् ।

महानगरपालिकामा ३२ वटा वडा छन् । महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले ‘कोभिड–१९ संक्रमितको प्रारम्भिक विवरण’ सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

महानगरका ३४ हजार ६ सय ४३ जना संक्रमित भएका थिए । तीमध्ये ३४ हजार १ सय ७३ जना निको भएका छन् । कन्ट्याक्ट ट्ेरसिङमा ४३ हजार ३ सय ७ जना समेटिएका थिए ।

सरकारको प्राथमिकताअनुसार कोभिड भ्याक्सिन लगाउने काम जारी रहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘महानगरका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेवकलाई खोप दिने काम भइरहेको छ ।’

महानगरले ज्येष्ठ नागरिक, विपन्न, अशक्त, अपांगलाई नि:शुल्क स्वाब परीक्षण गराउँदै आएको छ । त्यसका निम्ति मोबाइल भ्यानसहित स्वास्थ्यकर्मी खटिने गरेका छन् । दैनिक २० देखि ५० जनासम्मको नि:शुल्क परीक्षण भइरहेको प्रवक्ता डंगोलले जनाए । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाबाट देशभर २ हजार ४५ जनाको मृत्यु भएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्