Logo

स्मृतिमा स्कुल जीवन-५



हाजिरी जवाफ प्रतियोगिता बाहेक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताहरूमा भाग लिन पनि धेरै चोटि स्कुलको प्रतिनिधित्व गरेर गोरखा सदरमुकाममा गएको थिएँ । यसरी गोरखा बजारमा जाँदा मलाई भने एक पन्थ दो काज हुन्थ्यो । एक प्रतियोगितामा भाग लिने र अर्को मामाघर पनि गोरखा बजार भएकोले मामाघर पस्न पनि हुने । राजा वीरेन्द्रको जन्मोत्सवका बेलामाआयोजना गरिएका वक्तृत्व प्रतियोगिताका शीर्षकहरू राजाकै योगदान सम्बन्धी हुन्थे भने अन्य वक्तृत्व प्रतियोगितामा देश विकासमा युवा, विद्यार्थीको भूमिका वा यस्तै शीर्षक रहेका हुन्थे ।

उसो त स्कुलमा आयोजना गरिने निबन्ध प्रतियोगितामा प्राय: विद्यार्थी र अनुशासन शीर्षकरहेको हुन्थ्यो । ती धेरै प्रतियोगितामा म प्रथम भएको थिएँ । वादविवाद, कविता, लोकगीतप्रतियोगिताहरू पनि आयोजना गरिन्थे । खेलकुदमा भने भलिबल तथा एथ्लेटिक्सका विभिन्नविधाहरूमा प्रतिस्पर्धा हुन्थ्यो । मैले स्कुल जीवनमा कुनै पनि खेलकुद प्रतियोगिताहरूमा भागलिइन । यसको कारण चाहिँ खेलकुदमा रुचि कम हुनुको साथै अन्य विद्यार्थीसँगको उमेरगतभिन्नता धेरै हुनु पनि थियो । हाम्रो स्कुलमा राम्रो खेलकुद मैदान र अन्य स्थानबाट आउजाउ गर्नका लागि सहज स्थानमा भएकोले कहिलेकाहीँ नजिकका अन्य स्कुलहरूबाट पनि भलिबलखेल्न आउने गर्थे । खेलकुदमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरू जिल्ला स्तरीय वीरेन्द्रशील्ड खेलकुद प्रतियोगितामा भाग लिन जाने पाउने अवसर पाउँथे । हाम्रा स्कुलका जीव बहादुर पाण्डे,नारायण भण्डारीहरूले जिल्ला तथा क्षेत्रीय स्तरका दौड प्रतियोगिताहरू समेत जितेर स्कुलको नामचम्काएका थिए ।

स्कुलमा आयोजना गरिने अन्य विभिन्न कार्यक्रमहरूमा स्कुल जन्मोत्सवका (चैत ७ गते) बेलाआयोजना गरिने सांस्कृतिक कार्यक्रम पनि एक थियो । विभिन्न कक्षामा पढाइमा उत्कृष्ट हुने,खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्कुलजन्मोत्सवकै बेलामा पुरस्कार वितरण गरिन्थ्यो । बेलुकी नृत्य, नाटक सहितका सांस्कृतिक कार्यक्रमहरू गरिन्थे । एक चोटि यस्तै सांस्कृतिक कार्यक्रममा हामीले कक्षा नौमा पढेको ‘मसिनेको शंका’ नामक नाटक मञ्चन गरिएको थियो ।

स्कुलमा मनाइने सरस्वती पूजाका बेलामा पनि अर्कै रौनक छाउँथ्यो । टाढाका बस्तीका कतिपयविद्यार्थीहरूले आफ्नै गाउँतिर सामूहिक रूपमा सरस्वती पूजा मनाउँथे भने केही चाहिँ सरस्वतीपूजा मनाउन स्कुल नै पुग्थे । म चाहिँ धेरैजसो स्कुलकै सरस्वती पुजा मा सामेल भएको छु ।केही पटक आरुघाट बजारको पुछारमा रहेको सरस्वती (मञ्जुश्री) मन्दिरमा पूजा गरेर मनाइएको थियो भने पछि पछि स्कुलमै सरस्वती पूजा गर्न थालियो । मैल स्कुल छाडेपछि स्कुल प्राङ्गणमै सरस्वती मन्दिर पनि बनाइएको छ ।

स्कुलको बगैँचामा भएका धेरैजसो आँप, लिचीका रुखहरू धेरै वृद्ध भइसकेका थिए । स्कुल भवनवरिपरि आँप, लिचीका केही बोटहरू रोपिए पनि पर्याप्त मात्रमा भने रोपिएका थिएनन् । स्कुलकोचौरमा बारबन्देजको व्यवस्था नभएको र गाईबस्तु पनि चराइने हुनाले पनि शायद व्यापक रूपमा बोटबिरुवाहरू रोपिएका थिएनन् होला, यद्यपि हामीले एकदुई चोटि स्कुल वरिपरि वृक्षारोपण गर्नेकाम पनि गरेका थियौँ ।

हाम्रो स्कुलमा लामो समयसम्म सहयोगीका रूपमा काम गर्नेहरूमा आरुघाट बजारका ज्ञान प्रसादश्रेष्ठ र आरुटारका लक्ष्मीकान्त शर्मा थिए । ज्ञान प्रसाद श्रेष्ठको स्कुल छेउमा सानो चिया पसलपनि थियो, जहाँ विद्यार्थीहरू चिया, बिस्कुट, चिउरा तरकारी, पाउरोटी लगायतका खाजा खानसक्थे । पछि आरुटारकै एक जना माझी दाइले पनि सानो चिया पसल (दोकान) खोलेका थिए ।ती होटेलमा चिया, नास्ता भने विरलै खाइयो ।

हामी कक्षा नौ, दशतिर पुग्दा स्कुल नजिकै दक्षिण पश्चिमतिर आरुटारको फेदीमा स्तुल खोलकोपानी ल्याई १५० किलोवाट विद्युत् उत्पादन गर्ने साना जलविद्युत आयोजना कार्यान्वयनगरिएको थियो । यसका लागि आरुटार सिँचाइका लागि ल्याइएको कुलोको पानी नै सानोपोखरीमा राति जम्मा गरेर विद्युत् उत्पादन गरिन्थ्यो र आरुघाट बजार, आरुटार, चनौटेलगायतका वितरण गरिएको थियो । यस आयोजनाका लागि आवश्यक पेनस्टक पाइपर इलेक्ट्रो-मेकानिकलका सामानहरू गोरखा बजारबाट हेलिकप्टरमा झुन्ड्याइ ढुवानी गरिएको थियो । यी सामानहरू ढुवानी गरेर ल्याएको हेलिकप्टर जमिनमा बस्न लाग्दा हामी कुदेर हेर्न जान्थ्यौँ । यस विद्युतगृहको उद्घाटन २०४६ साल, चैतको दोस्रो सातातिर तत्कालीन राजा वीरेन्द्रबाट भएकोथियो ।आयोजनाका प्रमुख दिपक ताम्राकार थिए र उनले आयोजनाका बारेमा राजालाई जानकारीगराएका थिए । आयोजनाको लागत त्यति बेला करिब २ करोड बिस लाख भएजस्तो लाग्छ ।त्यति बेला राजा वीरेन्द्र पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा थिए । हामी स्कुलबाट राजाको स्वागतकालागि नाराबाजी गर्दै गएका थियौँ ।

त्यस समयमा २०४६ को जनआन्दोलन पनि चर्किँदै गएको थियो । हामी सक्रिय रूपमा जनआन्दोलनमा सहभागी थियौँ । पञ्चायत विरोधी नारा जुलुस गर्थ्यौँ । एक चोटि स्कुलबाट निस्केको पञ्चायत विरोधी विद्यार्थीको जुलुस नाराबाजी गर्दै आरुटारतिर लाग्यौँ । त्यहाँबाटआरुघाट बजारतिर झर्ने बित्तिकै विद्यार्थीहरूले बजारका पसल बन्द गर्न लगाए । बजारको सुरुमै प्रहरी चौकी थियो । त्यहाँबाट प्रहरीहरू निस्केर विद्यार्थीहरू माथि अन्धाधुन्ध लाठी बर्साउन थाले । कतिपय विद्यार्थीहरू घाइते पनि भए । हाम्रा कक्षाका साथी अमर घले पक्राउमा परी जेलमाराखिएको र चन्द्र गुरुङ जनआन्दोलनका समय भूमिगत भएको कुरा त मैले केही समय अगाडिअर्को लेखमा लेखिसकेको छु । यस्ता सबै झडपहरूमा कुटाइ खानबाट भने म उम्किन सफल भएँ ।

हामी दश कक्षामा पढ्दै गर्दा हामीलाई नेपाली विषय पढाउनु हुने गुरु शम्भु प्रसाद पण्डित सरलेहाम्रै कक्षाका सहपाठी कोपिला लामिछाने (धावा) सँग विधिवत रूपमा विवाह गर्नुभयो । पछि वहाँहरूको यस विवाहलाई राजनीतिक रङ्ग दिइयो । स्कुलका शिक्षकले विद्यार्थीसँग अनैतिक विवाह गरेको भन्ने आरोप वहाँलाई लगाइयो र वहाँलाई अपमानित तथा दुर्व्यवहार गर्ने प्रयास गरियो । राजनीतिक आस्थाका आधारमा यस घटनालाई समर्थन र विरोध गर्ने समूहमा विद्यार्थी, शिक्षक र अभिभावकहरू समेत बाँडिए । स्कुलमा दुई पक्ष बिच झडप हुन थाल्यो । विद्यार्थी र शिक्षकहरू दुई समूहमा विभक्त हुने काम त छँदै थियो, यस घटनालाई लिएर नजिकका बस्तीका अभिभावकहरू पनि स्कुलमा ओइरिन थाले । स्कुल झैझगडा र झडप हुने रणभूमिमा परिणतभयो । केही समयका लागि स्कुलको पठनपाठन बन्द भयो ।

हाम्रो दश कक्षाको जिल्ला स्तरीय एसएलसी सेन्ट अप परीक्षा नजिकै आइराखेको थियो । एक त कृषि लगायतका विषयमा लामो विषयगत शिक्षकको उपस्थिति स्कुलमा नहुनाले आफैँले पढ्नुपर्ने अवस्था थियो भने स्कुलमा सिर्जना भएको तनावपूर्ण वातावरणले गर्दा परीक्षा नै हुन सक्ने हो कि होइन भन्ने द्विविधा उत्पन्न भइराखेको थियो । यद्यपि निर्धारित तालिका अनुसार नै हाम्रो स्कुलमा पनि परीक्षा सञ्चालन हुन सक्यो । परीक्षाको नतिजा आयो । म जिल्ला प्रथम भएछु । यसले स्कुलमा सानै भए पनि एक किसिमको खुसीयालीको वातावरण छायो ।

कक्षा नौ, दशमा पढ्ने सबैजसो विषयहरू मेरा लागि रुचिका विषयहरू थिए । ती विषयहरूमा रुचि जाग्नुमा त्यति बेला पढाउनुहुने सबै गुरु/गुरुआमाहरूको धेरै योगदान छ । कक्षा नौ, दशमा गणित पढाउनुहुने चित्र रत्न शाक्य, राम प्रसाद लामिछाने, नारायण श्रेष्ठ, हरिमाया शर्मा, अङ्ग्रेजीमा कुलप्रसाद खनाल, नेपालीमा शम्भु प्रसाद पण्डित, विज्ञानमा बुद्धि प्रसाद पुडासैनी, चित्र बहादुरभण्डारी, गणेश झा, घनश्याम तिवारी, कृषिमा अर्जुन वुर्लाकोटी, कृष्ण कुमार मिश्र, भूगोलमाराधाकृष्ण तिवारी, चन्द्रभुषण दुबे, भक्ति प्रसाद शर्मा तथा अतिरिक्त गणित तथा तथ्यांकपढाउनु हुने राम प्रसाद लामिछाने र छन्द प्रसाद खनाल लगायतका सर/मेडमहरुको मिहिनेत,स्नेह, प्रोत्साहन र प्रेरणालाई म कहिल्यै बिर्सन सक्दिन ।

कक्षा दशमा पढ्दै गर्दा वैशाख, जेठ महिनामा बिहानको समयमा पढाई हुने हुँदा म सजिलोको लागि आरुघाट बजारमा रहेको बाजेको घरमा बसें । बाजेबज्यै र काकाहरू हाम्रो परिवारसँग छुटिभिन्न भएपछि बजारको घरमा बस्नुहुन्थ्यो भने हामी सिखटारको गाउँको घरमा बस्थ्यौँ । त्यति बेला बाजे र प्रल्हाद काका मात्र त्यस घरमा रहनुभएको थियो भने बज्यै र ईश्वर काका चितवन, भरतपुरको घरमा रहनुहुन्थ्यो । हाम्रा बाजेले धेरै अगाडि नै चितवनमा घरबार जोड्नुभएको थियो र लामो समय उतै रहने गर्नुहुन्थ्यो । हाम्रा धेरैजसो फुपूहरूको विवाह पनि चितवन तिरै भयो ।

आरुघाटको स्कुलमा पढ्नका लागि बाजेको घरमा ढोलाबाट हाम्रा आफन्त ठुलो बुबा (बाजेकोदिदीको छोरा) पर्नेका छोरा काजीलाल श्रेष्ठ पनि बसेका थिए । ऊनी र म मिलेर खाना पकाउनेगर्थ्यौँ । मैले नियमित रूपमा खाना पकाउन सिकेको त्यतिखेरबाटै हो । सुरुका दिनमा मेरो खानापकाउने सीप त्यति राम्रो थिएन, तर यसले गर्दा पछि कलेज पढ्न सुरु गर्दा आफैँले खानापकाउन भने निकै सहज बन्यो ।

२०४६ सालको भदौ, असोजतिर एसएलसी सेन्ट अप परीक्षा नजिकै आउँदै गर्दा पाठ्यपुस्तककोकोर्स सकिन भने अझ धेरै बाँकी थियो । यसका लागि स्कुलले दिउँसोको कक्षाका अतिरिक्तबिहान पनि कोचिङ कक्षा सुरु गर्‍यो । गाउँबाट स्कुल धाउने काम कठिन भयो । म हाम्राआफन्त हरिलाल जोशीको घरमा बसेर पढ्न थालेँ ।वहाँको काका तर्फका एक भाइ रुपकलालजोशी मेरै कक्षाका सहपाठी समेत थिए । वहाँको बुबाहरू दुई दाजुभाइ हुनुहुन्थ्यो र वहाँहरूले हाम्रोनुवाकोटतिर नाता पर्ने स्थानमा बिहे गर्नुभएको थियो । वहाँहरूको आमा हाम्रो फुपू नातापर्नुहुन्थ्यो । त्यसै गरी, चिनकाजी श्रेष्ठ दाइको आमा पनि हाम्रो फुपू नाता पर्थ्यो र कहिलेकाहीँखाना खाना वहाँको घरमा जाने गर्थेँ । चीनकाजी श्रेष्ठ दाइका एक भाइ कृष्णकाजी श्रेष्ठ दाइहाम्रो स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो त्यतिखेर । वहाँले स्कुलमा अर्थशास्त्र विषयपढाउनुहुन्थ्यो र यस विषयको कुशल शिक्षकका रूपमा परिचित हुनुहुन्थ्यो । वहाँका अक्षरहरू पनिधेरै राम्रा थिए ।

साथी रूपक र म सँगै राति अबेरसम्म पढ्ने गर्थ्यौँ । परीक्षा हुनु अगावै थौरै समयभित्र पढाइसक्नु पर्ने बाध्यताका कारण हामीले घनश्याम तिवारी सरसँग केही समय विज्ञान विषयकोट्युसन पनि पढ्यौँ । वहाँको घर भारत हुनाले आरुघाट बजारकै एक घरमा डेरा गरेर बस्नुहुन्थ्योर हामी वहाँकै डेरामा ट्युसन पढ्न जान्थ्यौँ । आरुघाट बजारमा पढ्न बस्दा हामी स्तूल खोलामानुहाउन, लुगा धुन जाने गर्थ्यौँ । हरि जोशी दाइको भाउजूले हामीलाई खाना पकाएरखुवाउनुहुन्थ्यो । वहाँको घरमा स्कुलमा पढ्नेहरू अरू पनि थिए । साथी रूपकका दाजुभाइ/दिदीहरूर हरि जोशी दाईका छोराछोरीहरु सबै कोही कलेज वा स्कुलमा पढ्दै थिए भने केही दाइहरू पढाईसकाएर आ-आफ्नो पेसामा लागिसक्नुभएको थियो । वहाँको घरमा पढ्ने माहौल राम्रो थियो । वहाँको घरमा नियमित रूपमा साप्ताहिक विमर्श, देशान्तर लगायतका पत्रिकाहरू नियमित रूपमाआउने हुँदा म ती पत्रिकाहरू पनि नियमित रूपमा पढ्ने गर्दथेँ ।

एसएलसी सेन्ट अपको परीक्षा सकिएपछि स्कुलको शैक्षिक वातावरण केही खल्बलिन पुगेकाकारण स्कुलमै बसेर एसएलसी परीक्षा तयारी गर्न सकिने अवस्था रहेन । परीक्षा सुरु हुनुअगाडिको केही महिनाको समयमा विभिन्न स्कुलमा कोचिङ कक्षाको व्यवस्था गरिएको हुन्थ्यो ।यसरी सञ्चालन हुने कोचिङ कक्षालाई पनि त्यहाँको स्थानीय राजनीतिले असर गर्‍यो र कोचिङकक्षा पनि फरक फरक स्थानमा सञ्चालन भए ।

हामी केही साथीहरू भने आरुघाट बजारबाट करिब तीन घण्टाको पैदल दूरीमा पश्चिमतिर रहेकोघ्याम्पेसालको दुल्लभ मावितर्फ लाग्यौँ । हाम्रो एसएलसीको परीक्षा केन्द्र पनि घ्याम्पेसालकोदुल्लभ माविमै रहने वाला थियो । एसएलसी कोचिङ कक्षाका लागि आरुघाटबाट घ्याम्पेसालकोस्कुलमा जानेहरूमा म, मेरी दिदी (अञ्जु श्रेष्ठ), रामकुमार अमात्य (आरुघाट, विशालनगर),उपेन्द्र लामिछाने (धावा), अमर घले, सम्झना गुरुङ, टीका रिजाल (मान्बु) लगायत थियौँ ।बार्पाकबाट पनि केही विद्यार्थीहरु घ्याम्पेसालमा कोचिङ पढ्न आएका थिए ।

हामी घ्याम्पेसालको पीपलडाँडामा लक्ष्मण नरालको घरमा डेरा गरेर बसेका थियौँ । लक्ष्मण नरालर उनका दिदी पनि हामीसँगै एसएलसी दिँदै थिए । कोचिङ कक्षाहरू बिहानको समयमा सञ्चालनहुन्थे । हामीलाई पढाउनु हुने सरहरूमा चण्डिका भट्ट (अङ्ग्रेजी), रुद्र भट्ट (गणित), शिव भट्ट(विज्ञान), जनार्दन भट्टराई (नेपाली) लगायत हुनुहुन्थ्यो । वहाँहरू सबै आ-आफ्ना विषयकोअध्यापनमा उत्कृष्ट हुनुहुन्थ्यो । म अर्को स्कुलबाट आएको विद्यार्थी भए पनि वहाँहरूले मलाईउत्तिकै स्नेह गर्नुभयो । पहिलेदेखि घ्याम्पेसालमा अध्ययन गरिराख्नुभएका विनोद दवाडी, विनोदभट्ट, लक्ष्मण नराल, मोजराज भट्ट, प्रमोद दवाडी, मोजराज भट्ट, दिपक भट्ट, राम प्रसादबगाले, राजेन्द्र बजगाईं लगायतहरु मेरा घनिष्ठ मित्र बन्नुभयो । घ्याम्पेसाल बसाइँका क्रममा मएक दिन मित्र विनोद भट्टको मसेलस्थित घरमा गएर बसेँ । मसेल गाउँ मलाई निकै रमाइलो लाग्यो ।

हामी खालि समयमा घ्याम्पेसाल बजारको यताउति सँगै डुल्ने गर्थ्यौँ । घ्याम्पेसाल बजारकोभञ्ज्याङ, लोकिल, हटिया, पीपलडाँडा तथा स्कुल परिसरको रिंगरोड हामी डुल्ने स्थानहरू थिए ।वास्तवमा भर्खरै बहुदल आएको त्यो वर्ष, घ्याम्पेसालको स्कुलमा पनि राजनीतिको छाँया परेकोथियो । त्यहाँ पनि एकदुई चोटि राजनीतिक कारणले झडप हुने स्थिति सिर्जना भएको थियो ।त्यस वरपरका काउले, रिट्ठेपानी, बगुवा बस्तीहरू वामपन्थी राजनीतिबाट बढी प्रभावित थिए भनेराम्चे, पहरे, मसेल, ओखले लगायतका बस्तीहरूको झुकाव प्रजातान्त्रिक धारमा बढी देखिन्थ्यो । घ्याम्पेसालमा सानीआमा (सानोबुबा प्रेमचन्द्र श्रेष्ठ, दाइहरू प्रमोद, पदीप श्रेष्ठ) को घर समेतभएकोले त्यहाँको बसाई थप आत्मीय र सहज पनि भयो ।

घ्याम्पेसालको पीपलडाँडामा ठूल्ठूला सालका रुखहरू थिए । शायद तिनै सालका रुखका कारणत्यस स्थानको नाम घ्या,पेसाल रहन गएको हो कि? घ्याम्पेसालमा पानीको भने दुःख थियो ।बसेको ठाउँ नजिकैको कुवाबाट हामी पानी ल्याउने गर्थ्यौँ । दश, एघार बजेतिर बिहानको कोचिङकक्षा सकिएपछि डेरा आएर खाना पकाएर खान्थ्यौँ र दिउँसोको समयमा आफैँ अध्ययन गर्नेगर्थ्यौँ । डेरा नजिकै वन कार्यालय थियो । त्यहाँ आरुघाटमा कक्षा दशमा पढ्दाका सहपाठीलेखनाथ लामिछानेका आफन्त कार्यरत रहेछन् । कहिलेकाहीँ त्यही वन कार्यालयमा,लेखनाथजीसँग सँगै बसेर पनि पढियो । हामीसँगै पढ्ने अमर घले र सम्झना गुरुङको त्यतिखेरबच्चा समेत भइसकेको हुँदा अमरजीको आमा सहित उनको सम्पूर्ण परिवारको बसाईघ्याम्पेसालमा भएको थियो ।

२०४७ साल फागुनको पहिलो सातामा हाम्रो एसएलसी परीक्षा भयो । मेरो सिम्बोल नं ६२७८०’पी’थियो । हामीले यसका लागि रजिष्ट्रेशन फर्म कक्षा नौमा भरेका थियौँ । त्यतिखेर (२०४५साल)आरुघाट बजारको फोटो स्टुडियोमा खिचेको पासपोर्ट साइजको फोटो नै मेरो नागरिकताकोप्रमाणपत्रमा टाँसिएको छ । एसएलसी परीक्षा सकिएपछि केही निकट साथीहरूको सहभागितामामौदी खोलाको सिरानमा रहेको चौरमा पिकनिक कार्यक्रम पनि गर्‍यौँ । लगभग तीन महिनाकोहाम्रो घ्याम्पेसालको डेराको बसाई पनि सकियो । त्यस छोटो घ्याम्पेसाल बसाइँका थुप्रै मीठासम्झनाहरू भने आज पर्यन्त पनि ताजा छन् ।

बुढीगण्डकी नदीले छुट्ट्याएको धादिङ र गोरखा जिल्ला, बुढीगण्डकी नदीको पूर्वी किनारमापसारिएको सल्यानटार, त्यस पूर्वको आगिञ्चोकको सालघारी पाखा, दक्षिणतिरको गोलाङ,ज्यामरुङ र सालवासका डाँडाहरू, पश्चिमतिर गोरखाका धावा, तान्द्राङ, घ्याम्पेसाल र आरुकाडाँडाहरू, उत्तरमा कुपिण्डे र गंगाजमुनाका डाँडाहरू, गोरखातिर आरुचनौटे, आरुआरवाङ, थुमी रश्यामराङले घेरिएको भूमिमा मेरो बाल्यकाल बित्यो । सिखटारबाट आरुघाट बजार हुँदै स्कुलसम्मजानु, आउनु स्कूलजीवनको दिनचर्या थियो । वैशाख, जेठ महिनामा प्रचण्ड गर्मी हुन्थ्यो । पुष,माघतिर गंगाजमुना र श्यामराङका लेकहरूमा हिउँ पर्थ्यो र त्यहाँबाट आउने चिसो सिरेटोले बिहानबेलुकी कँपाउने गर्थ्यो । असार, साउनतिर वर्षे भेल उर्लेर आउने नजिकको बुढीगण्डकी नदी रकाष्टे खोला हिउँदमा भने शान्त भएर बग्थ्यो । विशेष गरी बुढीगण्डकी नदी हिउँदमा हिमालबाटतानिएर आएको नीलो धर्सो जस्तै लाग्थ्यो ।

हाम्रै गाउँ र आरुघाट बजारमा विभिन्न जात्रा, मेलाहरू आयोजना गरिन्थे । आरुघाट बजारमागाईजात्रा (लाखे नाच, टाकटुके नाच) मनाइन्थ्यो । तिहारको औँसीको जात्रा लाग्थ्यो । तीज,ऋषि पञ्चमीमा वरपरका गाउँ, बस्तीबाट महिलाहरू बुढीगण्डकी नदीमा नुहाउन आउँथे र दिनभरिबजारमा नाचगान गर्थे । आरुघाट बजार वरपरका ग्रामीण क्षेत्रका मानिसहरू आएर आफ्ना कृषिउत्पादनहरू बेच्ने र दैनिक आवश्यकताका सामानहरू किन्ने बजार केन्द्र थियो । गाउँकामानिसहरूले बजारमा लगेर बेच्ने सामानमा चामल, मास, भटमास आदि हुन्थे । गोरखाको उत्तरीक्षेत्रका मानिसहरू चिराइतो, नीरमसी लगायतका जडीबुटीहरू ल्याएर बेच्ने गर्थे । नेपाली कागजबनाइने लोक्ताहरु पनि भारीका भारी बेच्न ल्याइएको हुन्थ्यो । हाम्रो स्कुलको चौरमा मनासलुपदयात्रामा जाने पर्यटकहरूको समूहले अस्थायी शिविर बनाएर एक, दुई दिन बस्ने गर्थे ।

स्कुल जीवनमा कतिपय कुराहरू पाठ्यपुस्तकमा पढिए । त्यसबाहेक धेरै कुराहरू उकाली, ओरालीगर्दा, वनपाखा, खेतबारी डुल्दा पनि सिकिए । स्कुल जीवन देखि नै पढाई र प्रकृतिप्रतिकोलगाव नजानिँदो किसिमले झाँगिँदै गयो । यही रुचिले बिस्तारै सपनाको पखेटा फिँजायो र त्योउडान पुल्चोक इञ्जिनियरिङ क्याम्पस हुँदै चीनसम्म पुग्यो । त्यतिबेलाको परिवेशमा जता जाँदापनि पाए सम्मका किताब पढ्नु र विशेष गरि नौ दश कक्षा पछि आएर भेटिए सम्मकापत्रपत्रिकाहरू पढ्ने लत नै लाग्यो ।

पुस्तक अध्ययनका कुरा गर्दा मैले एसएलसी परीक्षा दिएपछि भेटिएसम्मका थुप्रै किताबहरू पढेँ ।गोठाला जाँदा होस् वा घरमा बस्दा होस्, किताबहरू पढेर समय काट्नु मेरो मुख्य मेसो नै बनेकोथियो । २०४७ साल, असारमा खेतको रोपाइँ भएको दिन थकाइले लखतरान भएर फर्किएको थिएँ। घरमा केही नयाँ किताबहरू आइपुगेका थिए । थकित भएपनि किताब हेर्न थालेँ । किताब पढ्दापढ्दै निदाएछु । राति एक दुई बजेतिर केही तातो जस्तो लागेर बिउँझेको त, आफू सुतेकोओछ्यान त हुर्हुरी बल्न थालेको रहेछ । भएछ के भने पढ्दा पढ्दै अकस्मात निदाएपछि छेउमारहेको टुकी बत्ती ढलेछ र ओछ्यानमा आगो सल्किएछ । धन्न मैले समयमा नै बिउँझेर थाहापाएँ र राति आफैँले निदाए । तकियाको आगो निभाउन अलिक गाह्रो भयो । बुबाआमाहरुलेओछ्यानमा आगो लागेको कुरा बिहान मात्र थाहा पाउनुभयो ।

जे होस्, स्कुले जीवनमा एक असल विद्यार्थी हुनुको नाताले सबै गुरु/गुरुआमाहरूबाट प्रशस्तमाया, स्नेह र हौसला सदैव पाइराखेँ । हाम्रा कतिपय गुरुहरू स्थानीय भेगकै हुनुहुन्थ्यो भनेकतिपय गुरुहरू धेरै टाढाबाट आफ्ना परिवार छाडेर हामीलाई शिक्षा दिन आउनुभएको थियो ।त्यस समयमा बसेको पढाइको दह्रो जग र गहिरो अभिरुचिले आजसम्म पनि अध्ययनशीलबनिराख्न प्रेरित गरेको छ । भाषा, संस्कृति, इतिहास, भूगोल, कृषि, विज्ञान, गणित जस्ता विविध विषयहरूमा उत्तिकै रुचि जगाइदिनु हुने सबै गुरुहरूप्रति म अत्यन्तै अनुगृहीत छु । त्यति बेलागणितमा पढिएका अङ्कगणितका हिसाब, बीजगणितका सूत्र र ज्यामितिका साध्यहरू नै पछिईञ्जिनियरिङ अध्ययनका लागि आधारशिला बने भने त्यति बेलाका पढिएका इतिहास, भूगोलकापाठहरूले ती विधाहरूमा बिछट्टै रुचि जगाइदियो ।

नेपालका प्रत्येक नयाँ जिल्लामा पाइला टेक्दै गर्दा चार कक्षामा पढ्दै गर्दा पचहत्तर जिल्लाकोनाम याद गरिएको सम्झिन्छु । इलाम टेक्दै गर्दा र बुटवल पुग्दै गर्दा क्षेत्रप्रताप अधिकारीको’नयाँ वर्ष’ कविता सम्झिन्छु । भन्नै परेन, सुदूर पश्चिम तिरको हरेक यात्रामा ‘घनघस्याकोउकालो’ निबन्ध मस्तिष्क भरि सजीव बनेर छाउँछ । बैतडीको सतबाँझ पुग्दा होस् वा इलामकोअन्तु टेक्दा होस् वा भोजपुरको ट्याम्के डाँडोमा पुग्दा होस्, स्कुलमा पढेका पाठका कतिपयहरफहरू सम्झनामा खुरुखुरु आइहाल्छन्, राजकुमार दिक्पालको दन्त्यकथा जस्तै । यति मात्रहोइन, समय क्रममा चीनको व्हाङग हो नदी छेउतिर पुग्दा समेत स्कुलमा सामाजिक शिक्षामापढिएको पाठकै वरिपरिका सम्झनाहरू सल्बलाइरहे । यस्तो लाग्छ, हाम्रा स्कुल पछिका पढाइहरू,जिन्दगीका यात्राहरू स्कुलकै पढाई र स्कुल जीवनमा टेकिएका खुड्किलाका विस्तारित रूप मात्रहुन् । त्यसैले त कक्षा आठमा पढिएको युगकवि सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ कविताका यीहरफहरू सापटी लिएर भन्न मन लाग्छ –

“मेरो ह्रदयको तिम्रो चित्र,
पारिरहन्छ हरदम पवित्र ।”

यस बाहेक स्कुल छँदा सामाजिक शिक्षाका थुप्रै पाठहरू पढिए, नैतिक शिक्षाका पाठहरू पढिए ।अनि नेपाली विषयमा पनि कम्ता प्रेरणादायी र सन्देशमूलक पाठहरू पढिएनन् । अहिले सोच्छु,हामीले पाठ्यपुस्तकमा पढेका ज्ञान, आदर्श, नैतिकतालाई हामीले कति आत्मसाथ गर्न सकेकाहौंला? हाम्रो समाज कति निर्देशित हुन सकेको हुन सकेको होला? पढिएको त थियो – नौकक्षाको “दशैंको टीका” नामक नाटक पाठमा, “एक थोपा पसीना चुहाए पनि यै देशको माटोकोडल्ला चुहाउनुपर्छ ।” तर, खै त्यो आदर्श कता भेटिन्छ त वास्तविकतामा ? हाम्रो र हामी पछिकोपुस्ता समेत विदेश टेक्नु र विदेशतिर रमाउनुमा नै सफलता मान्दैछ । के हाम्रो जन्मभूमि, हाम्रोसमाज, हाम्रो देश पखेटा लागे पछिको बचेराले छाडेर जाने “थोत्रा गुँडहरू” जस्ता मात्र हुन् त? मबेला बेलामा झस्किने गर्छु ।

स्कुलमा पढ्दा आँपका रुखमा ढुंगा हान्न डराइन्थ्यो । बुढीगण्डकीको भेलमा पौडी खेल्न हामफाल्ने आँट आउँथेन । त्यो बेला कहाँ सोचिएको थियो र, नैतिक मूल्य र मान्यताहरू स्खलितहुँदै गएको अहिलेको समाजले त ढुंगा हान्न सिक्नुको पनि महत्त्वलाई उच्च स्थान दिएको हो कि जस्तो लाग्छ । बाढीमा हेलिन सक्ने दुस्साहसको पनि अर्थ हुँदो रहेछ । अनि “जिउँदो मान्छे” जति नै ज्याद्रो भए पनि अहंकारले भरिएमा अरू त के आफूलाई सबभन्दा शक्तिशाली मैँ हुँ भन्ने “महादेवले पनि हार्नु पर्दो रहेछ।” समकालीन विश्वका कतिपय मदमत्त नेताहरू देख्दा यस्तोलाग्छ, कतै तिनीहरूले पृथ्वीको अन्त्यमा हुने विशेष “अन्तिम भोज” को तयारीमा त छैनन्? हुनत नेपाल विषयका कतिपय पङ्क्तिहरूको सप्रसंग व्याख्या गर्ने गरिन्थ्यो त्यतिखेर । अहो !स्कुलमा पढेका कतिपय पाठहरूको वास्तविक अर्थको सप्रसंग व्याख्या गर्न त्यो भन्दा बढी तमानिसलाई अझ समयले सिकाउँदो रहेछ, अनुभवले पढाउँदो रहेछ । ती कुराहरूलाई जिन्दगीलेछुट्टाछुट्टै किसिममा परिभाषित गर्न सक्दो रहेछ र समाजले त्यसको फरक फरक किसिमलेअर्थ खोज्न सक्दो पनि रहेछ ।

शायद मानिस आफ्नो लागि मात्र होइन, परिवार, समाज, राष्ट्र र त्यसभन्दा अझ पर जाने होभने विश्व मानव समाजकै लागि बाँच्न सक्छ । कति परसम्मका लागि बाँच्ने हो भन्ने कुरामा नैमानव जीवनको महत्ता गाँसिएको हुन्छ जस्तो लाग्छ । त्यसैले त कक्षा सातमा पढिएको माधवघिमिरेको “बन जीवन्त मानिस” कविताको फेरि अर्थ खुट्ट्याउन खोज्छु । समयको भाग दौडमाकतै हराउँदै गर्दा कहिलेकाहीँ आफू खेली हुर्केको गाउँ ठाउँ, पढेको स्कुल, स्कुलको खेल्ने चौर रत्यससँग गाँसिएका अन्य थुप्रै थुप्रै विगतका क्षणहरू सम्झनाको तरेली बनेर आउँदै गर्छन् रअकस्मात् बुढीगण्डकी जलविद्युत आयोजनाको समाचारमा आँखा ठोकिन पुग्दा फेरि मनविचलित हुन खोज्छ, कतै हाम्रा हजारौँ सम्झनाका पलहरू बोकेको स्कुल, हामीलाई सपना देखाउनसिकाउने स्कुल कतै भविष्यमा बुढीगण्डकीको सरोवरभित्र विलीन हुने त होइन?

फेरि अर्को मनले भन्छ – होइन, होइन, मानिस मात्र होइन, स्कुल पनि जीवन्त बन्न सक्छ ।जबसम्म स्कुलले हुर्काएका विद्यार्थीका सपनाहरू फैलिरहन्छन्, विद्यार्थी जनका मन मनमास्कुल प्रति स्नेहशिक्त प्रेम रहिरहनेछ, भीमोदय स्कुलको प्रत्येक संकट र कठिनाइका क्षणमायसका आत्मीयजनहरु काँध हाल्न र टेको दिन तयार रहनेछन्, अनि ती संकटको क्षणबाट तंग्रिनमात्र होइन, नयाँ उचाइ थप्नलाई पनि कुनै आइतबार कुर्नु पर्दैन, जसरी २०७२ को भूकम्पकोतहसनहसबाट पनि यो तंग्रिन सकेको छ । आफूले पढ्दै गर्दाको भीमोदय स्कुल, माथि भनिए झैँसम्झना भित्रको भीमोदय स्कुल क्याम्पसमा स्तरोन्नति भइसकेको छ र आगामी दिनमा सबैकोहोस्टेहैंसे पाएर यस क्षेत्रकै विख्यात शैक्षिक केन्द्रको रूपमा विकसित हुन सक्ने सम्भावना पनि बोकेको छ ।

भलै, बुढीगण्डकी जलविद्युत आयोजनाले यसको भौतिक अस्तित्व मेटाउन सक्ला, तर यसस्कुलको २००७ साल देखि २०७७ साल निकटसम्मको यात्रामा यसबाट दीक्षित अनेकौँ शिक्षित पुस्ता यसका अनेक तहमा फैलिएका जराहरू हुन् । जरालाई महत्त्व दिएर लेखिएको दश कक्षाकोनेपाली पाठ्यपुस्तकमा पढिएको “ध्रुव वन जान्छन्” नाटकमा कवि बालकृष्ण समका यी पङ्क्तिहरूसम्झनामा आउँछ –

“पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा,
पालुवा त्यसमा अर्कै त्यो वसन्त चढाउला ।”

स्मृतिमा स्कूल जीवन-१

स्मृतिमा स्कूल जीवन-२
स्मृतिमा स्कूल जीवन-३
स्मृतिमा स्कूल जीवन-४

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्