Logo

‘सत्यम’ मा राजेश, अनुपविक्रमपछि पलको इन्ट्री



Spread the love

काठमाडौँ । युवा पुस्ताले निकै नै रुचाएका नायक पल शाहले फेरी नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘सत्यम’ मा पल साह अनुबन्धित भएका छन् ।

चलचित्रमा उपासना सिंह ठकुरीको समेत अभिनय रहने चर्चा छ । यसअघि नै राजेश हमाल र अनुपविक्रम शाही फाइनल भएका थिए । चलचित्रमा शङ्कर कार्कीको निर्देशन रहने छ भने निर्माता रेसम सापकोटा रहेका छन् । सापकोटाको लेखन तथा लगानी रहने चलचित्रमा सह–निर्माताको रूपमा श्याम मल्ल र गणेश पौडेल छन् । चलचित्रका लागि अन्य कलाकार छनौट प्रक्रिया चलिरहेको छ ।

चलचित्रको बिषमया निर्माता सापकोटा भन्छन्–‘हामीले चलचित्र उत्कृष्ट बनाउनका लागि कलाकारको टिम पनि बलियो बनाइरहेका छौं । चलचित्रको कथावस्तु पनि राम्रो छ । यसैले, कथा अनुसार कलाकारको टिम तयार पारिएको हो ।’

चलचित्रको छायांकन चैत्रबाट सुरु गरिनेछ । नायक राजेश हमालले चलचित्रका लागि आफ्नो गेटअप परिवर्तन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्