Logo

‘छक्का पञ्जा’ ट्रेलर रिलिज (भिडियो सहित)



Spread the love

रिलिज डेट एक महिना बाकि हुदा चलचित्र छक्का पञ्जा टिमले राजधानीमा पत्रकार भेटघाटको अयोजना गरी गित तथा प्रोमो देखायो । यो टिमले सोहि अवसरमा आफ्ना अघिल्ला दुई चलचित्रका निर्देशक दिनेश डिसी र उज्वल घिमिरेलाई सम्मान समेत गरे । आफ्ना अग्रजहरुलाई बिशेष सम्मान स्वरुप प्रधान गरिएको भन्दै दिपक राज गिरीले अग्रजहरुको सम्मान चलचित्र क्षेत्रमा निकै कम हुने गरेको भन्दै आफुहरुको अग्रज तथा गुरुको सम्मान गरेको बताए । ‘छक्का पञ्जा’को युटुब प्रतिक्रिया निकै राम्रो आईरहेको छ । सार्वजानिक ट्रेलर पनि दर्शकको मन तान्ने किसिमको छ । कमेडि,रोमान्स र ईमोशनमा चलचित्र बगेको स्पष्ट पार्दछ ट्रेलरले । दिपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्र हास्य बिधाकै कलाकारहरुको लगानीमा बनेको हो ।
  यस्तो छ ट्रेलर –

प्रतिक्रिया दिनुहोस्