Logo

भ्यालेन्टाइनको अवसरमा प्रभाषको ‘राधे श्याम’ को टिजर सार्वजनिक



Spread the love

एजेन्सी । प्रेम दिबसको अवसरमा साउथ फिल्ममा चर्चित अभिनेता प्रभाषको मूख्य अभिनय रहेको फिल्म ‘राधे श्याम’ को टिजर सार्वजनिक भएको छ ।

टिजर सँगै  फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी ३० जुलाई मा प्रदर्शनमा आउने छ। यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुनेछ ।

चलचित्रको मुख्य भूमिकामा प्रभासका साथै पुजा हेगडे, सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ।

राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको चलचित्रमा भुषण कुमार, भाम्सी र प्रमोदको लगानी छ ।

टिजरमा एक रेल्वे स्टेसनमा प्रभाष आफ्नो प्रेमिका पूजा हेगडेसँग केही कुरा बोलिरहेका छन् । सोहीक्रममा पूजाले प्रभाषलाई ‘आफूले आफूलाई रोमियो सम्झन्छौं हो ?’भन्दै सोधेकी छन् ।

हेर्नुहोस् टिजर:

https://youtu.be/3DNiJrqW_U8

प्रतिक्रिया दिनुहोस्