Logo

एक महिलाको पाँच महिनादेखिको पिसिआर रिपोर्ट निरन्तर पोजेटिभ



Spread the love

२ फागुन, एजेन्सी । भारतमा एक जना महिलाको ३१ पटकको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ । भारतको राजस्थानकी ३५ वर्षीय महिलाले विगत पाँच महिनादेखि कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आइरहेको हो ।

ती महिलामा यस्तो देखिएपछि स्वास्थ्य विज्ञहरूले कतिपय अवस्थामा कोरोना भाइरस निको नहुने समेत शंका व्यक्त गरेका छन् ।

भारतीय मिडियाका अनुसार ती महिलाको ४ सेप्टेम्बरदेखि ७ जनवरीसम्म १७ पटक पिसिआर र १४ पटक र्यापिड एन्टिजन परीक्षण गर्दा यी महिलामा लगातार पोजेटिभ नतिजा आएको छ ।

क्वारेन्टाइन बसेदेखि नै उनलाई एलोपेथिन, होमियोपेथिक र आयुुर्वेदगरी तिनैथरी औषधि दिइएको थियो । तथापी उनको पोजेटिभ रिपोर्ट आउने क्रम रोकिएन ।

निरन्तर कोरोना पोजेटिभ देखिएता पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्