Logo

साठी रुपियाँमा मासु–भात



Spread the love

काठमाडौँ, माघ २० गते । परोपकारी भावनाका साथ सुरू गरिएको ६० रुपियाँमा मासु, भात, दाल, अचार र तरकारी भोजन व्यवस्था न्यून आय भएका मजदुरका लागि लोकप्रिय बनेको छ ।

बन्दाबन्दीका वेला परोपकार स्कूल परिसरमा असहायलाइ निःशुल्क भोजन गराइ रहेको एक सामाजिक संस्थाले यसै क्षेत्रमा सस्तोमा भोजन गराउने सेवा थालेको हो । शाकाहारी भोजनलाई ५० रुपियाँमा उपलब्ध गराउने गरिएको छ ।

भोजन सञ्चालन गर्ने नुवाकोट शिवपुरीका नवराज मोक्तानका अनुसार नाफा कमाउने उद्देश्यले भोजन व्यवस्था गरिएको होइन । हुने खानेले आफैँ केही बढी रकम श्रद्धासाथ दिने गरेका छन् । बिहान ९ बजे र साँझ ६ बजे खानाको व्यवस्था छ ।

खाना खान सहरका मजदुर वर्ग आकर्षित भएका छन् । मजदुर मेघ मग्रातीका अनुसार खाना स्वच्छ र सस्तो भएकोले मजदुर मात्र नभई बाटो परी कार्यालय जाने पनि यही खान रुचाउँछन् । सञ्चालक मोक्तानले दिनमा २३० जनाले भोजन ग्रहण गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्