Logo

‘द कपिल शर्मा शो’ मा कपिल र सुनिललाई मिलाउने सलमानको प्रयास जारी



Spread the love

एजेन्सी। पछिल्लो समय निकै नै रुचाएको भारतीय कमेडी शो ‘द कपिल शर्मा शो’ कमेडी जनरामा टेलिभिजनमा सर्वाधिक रुचाइएको शो हो ।

शुरुवाती समयदेखि यो शोमा कलाकार सुनिल ग्रोवर पनि थिए । जो ‘गुत्थी’का रुपमा परिचित थिए । तर कपिलसँगको असमझदारी र झगडाका कारण सुनिलले शो छोडेपछि फ्यानहरु शोमा सुनिलको प्रतिक्षा गरिरहेका छन् ।

दुईबीचको असमझदारीलाई अब समझदारीमा परिणत गर्न अभिनेता सलमान खान अग्रसर भएका छन् । सलमान दुई कलाकारबीचको शुरुवाती जस्तै सम्बन्धलाई ब्युताउनका लागि मध्यस्थता गर्दैछन् ।

उक्त शोमा अहिले कपिल शर्मा, सुमोना चक्रवर्ती, कृष्णा अभिषेक र किकु शारदालगायतका कलाकार छन् ।

कपिल र सुनिलबीच खटपट भएयता यी दुई कलाकारले कुनै पनि अन्य कार्यक्रममा सहकार्य गरेका छैनन् । अहिले टेलिभिजनमा प्रसारण भइरहेको कपिलको शोका निर्माता सलमान हुन् । त्यहीकारण पनि सलमानले सुनिललाई पुनः शोमा ल्याउन चाहिरहेका छन् ।

केही दिन अघि मात्र कपिलको मेकअप मेनको ग्राममा कपिल र सुनिल पुगेका थिए । ती मेकअपमेनले दुवैको तस्बिर भारतीय सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्