Logo

घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार



Spread the love

५ फागुन, एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । गएराती भएको खेलमा बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)सँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोनालाई लज्जास्पद हार चखाउन पिएसजीका युवा फर्वाड केलियन एमबाप्पेले ह्याट्रिक गरेका थिए । उनले खेलको ३२, ६५ र ८५ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै, ७० मिनेटमा मोएज किनले पनि पिएसजीका लागि एक गोल गरे ।

बार्सिलोनाका लागि एक मात्र गोल अर्जेन्टाइन फरवार्ड मेसीको नाममा रह्यो । उनले खेलको २७ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम समयसम्म पुग्दा उक्त गोल सान्त्वनामा मात्रै सिमित भयो ।

बार्सिलोनाले च्याम्पियन्स् लिगको अन्तिम १६ को खेलअन्तर्गत दोश्रो लेग पिएसजीको घरेलु मैदानमा खेल्नेछ । यदी बार्सिलोना क्वाटरफाइनलमा जाने हो भने पिएसजीविरूद्ध ४ भन्दा धेरै गोल गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्