Logo

आइपिएलमा बिकेनन् सन्दीप लामिछाने



Spread the love

६ फागुन, काठमाडाैँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’ भएका छन् । आइएलका कुनैपनि टोलीले सन्दीप भित्र्याउने इच्छा नदेखाएपछि उनी अनसोल्ड भएका हुन् ।

सन्दीपको यसपालीको बेस प्राइस ४० लाख भारू थियो । यसअघि उनले वार्षिक २० लाख भारू पारिश्रमिकमा दिल्ली क्यापटल्सबाट खेलेका थिए ।

सन्दीपले सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । २०२० को प्रतियोगिता पछि सन्दीप लामिछाने रिलिज भएका थिए ।

उनले २०२० को आइपिएलका कुनै पनि खेलमा खेल्ने माैका भने पाएनन् ।

प्रतिक्रिया दिनुहोस्