Logo

किन भाइरल हुँदैछ ‘श्वेता योर माइक इज अन’ ?



Spread the love

काठमाडौं। सामाजिक सञ्जालमा हरेक क्षण कुनै नयाँ कुराले चर्चा पाउँछ । कतिपय अवस्थामा धेरै दिनसम्म पनि रहने चर्चा धेरै अवस्थामा भने छिट्टै सेलाउँछ ।

अहिले सामाजिक सञ्जालमा एउटा विषयले चर्चा पाउन थालेको छ । त्यो हो, ‘श्वेता योर माइक इज अन’ । यो भन्दा अघि सामाजिक सञ्जालमा ‘विनोद’ भाइरल भएको थियो ।

अहिलेको श्वेताको कहानी पनि भारत कै हो । कोरोना भाइरसको महामारीका कारण विश्वभरका शैक्षिक संस्थाहरू अनलाइनमा गए । भारत पनि यसबाट अछुतो रहेन ।

कोरोना भाइरसको महामारीका कारण अझै कतिपय शैक्षिक संस्थाहरू अनलाइन नै सञ्चालन भइरहेका छन् । सोही अनलाइन क्लाससँग जोडिएको किस्सा हो ‘श्वेता योर माइक इज अन’ ।

अनलाइन क्लासमा सहभागी श्वेता नामक विद्यार्थीले पढाइरहेको बेलामा माइक अफ गर्न बिर्सिन्छिन् । क्लास भइरहेको बेला उनी भने ब्याइफ्रेन्डको बारेमा कसैसँग कुरा गर्दैछिन् । तर, उनलाई आफ्नो माइक अफ नभएको पत्तो हुँदैन र सबै कुराहरू त्यहाँ भन्न पुग्छिन् ।

उनले माइक अन गरेकी हुन्छिन् भने उनको स्पिकर अफ भएको हुन्छ । उनका साथिहरूले बारबार श्वेता योर माइक इज अन भन्दा पनि उनलाई थाहा हुँदैन ।

अहिले सामाजिक सञ्जालभरी यही विषयलाई लिइएर मिमहरू बनिरहेका छन् । यो विषय अहिले सामाजिक सञ्जालभरी भाइरल छ ।

श्वेताले अरू कुनै साथिसँग फोनमा कुरा गरिरहेको भएर उनलाई कसैले फोन गरेर माइक अन भएको कुरा सम्झाउन सक्दैनन् । एमएनटिभीबाट

यसभन्दा अघिको पोस्टमा गलत तस्बीर पर्न गएकोले सच्याइएको छ, सम्पादक ।

प्रतिक्रिया दिनुहोस्